back
NMB ad

१५५ प्रतिशतले बढ्यो स्वाभिमान लघुवित्तको नाफा, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले ५ करोड ५९ लाख १ हजार रुपैयाँ नाफामा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिमा तुलनामा १५५.३१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २ करोड १८ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

अघिल्लो आवमा ७ करोड २२ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको गत वर्षको भने ११ करोड २२ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

उक्त अविधमा कम्पनीले ३ करोड ९७ लाख ९ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । अघिल्लो वर्षमा भने ८९ लाख ५७ हजार रुपैयाँ खराब कर्जा उठाएको थियो ।

कम्पनीको चुक्तापुँजी ९ करोड २० लाख ५० हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा ६ करोड ६९ लाख ४३ हजार रुपैयाँ राखेको छ ।

गत वर्ष कम्पनीले निष्क्रिय कर्जा भने घटाएको छ । अघिल्लो आवको चौथो त्रैमासमा शून्य दशमलव ९५ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्षको सोही अवधिमा भने शून्य दशमलव ६८ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६० रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ७२ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २१ बिहीवार ११:३६ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...