back
NMB ad

पनामा पेपर्स प्रकरणः २८ नेपालीमाथि छानबिन

Kumari bank ad

काठमाडौं । सरकारले पनामा पेपर्स र स्विस बैंक प्रकरणमा मुछिएका नेपाली र तिनका कम्पनीमाथि अनुसन्धान तीब्र पारेको छ ।

अर्थ मन्त्रालयको राष्ट्रिय समन्वय समिति अन्तर्गत गठित अनुसन्धान समितिले सार्वजनिक २८ व्यक्ति  र कम्पनीमाथि छानबिन थालेको हो ।

समितिले यस प्रकरणमा मुछिएका नाम तथा कम्पनीको अन्तर्राष्ट्रिय वित्तीय कारोबार तथा अपराधबारे दुई साता अघि इन्टरपोलसँग सूचना माग गरिसकेको छ ।

समिति सदस्य केन्द्रीय अनुसन्धान ब्युरोले इन्टरपोलको काठमाडौंस्थित संयन्त्र नेसनल सेन्ट्रल ब्युरोमार्फत मुछिएका नामबाहेक उनीहरुसँग जोडिएका परिवार र आफन्तको सूचनासमेत उपलब्ध गराउन आग्रह गरेको छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक किशोरजंग कार्कीले अनुसन्धान समितिले विविध पक्षका सूचना र प्रमाण संकलन गरिरहेको जानकारी दिए ।

उनका अनुसार समितिमा रहेका सरोकारवाला निकायले आफ्नो क्षेत्रसँग जोडिएका नाम र कम्पनीका विषयमा सूचना उपलब्ध गराएका छन् । नागरिक दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ जेठ २६

वि.सं.२०७३ जेठ २६ बुधवार १०:१२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...