back
NMB ad

कोरोना महामारीमा पनि माइक्रोफाइनान्सले कमाए कुस्त नाफा, कुन प्रवेश गर्यो अर्ब क्लबमा ?

Kumari bank ad

बिक्रम सुनार,

काठमाडौं । कोरोना महामारीको समयमा पनि माइक्रोफाइनान्स कम्पनीले कुस्त नाफा आर्जन गरेका छन् ।

अहिले सम्म गत आर्थिक वर्ष २०७७-७८ को चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेका ४२ कम्पनीमध्ये ३ वटाको नाफा घटेको छ भने एउटा कम्पनी ऋणात्मक रहेको छ । बाँकी ३८ वटा कम्पनीको कुस्त नाफा आर्जन गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको सोही अवधिको तुलनामा गत आव अर्थात असार मसान्तसम्ममा वित्तीय अवस्था सार्वजनिक गरेका कम्पनीको नाफा १४४.३० प्रतिशत रहेको छ । वित्तीय अवस्था अनुसार माइक्रोफाइनान्स कम्पनीहरुले गत आवमा ८ अर्ब ८३ करोड ५२ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४४.३० प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीहरुको नाफा ३ अर्ब ६१ करोड ६४ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।

गत वर्ष सबैभन्दा बढी नाफा छिमेक लघुवित्त वित्तीय संस्थाले आर्जन गरेको छ । कम्पनीको नाफा १ अर्ब २१ करोड ५६ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८७.२३ प्रतिशतले बढी हो । अघिल्लो असार मसान्तसम्ममा कम्पनीको नाफा ६४ करोड ९२ लाख ४० हजार रुपैयाँ रहेको थियो । छिमेक लघुवित्त नाफा आर्जन गर्ने कम्पनीको अर्बको क्लबमा प्रवेश गरेको छ ।

अधिकांश कम्पनीको नाफामा उल्लेखीय सुधार आएपनि केही कम्पनीमा भने ऋणात्मक देखिएको छ । घोडीघोडा लघुवित्त वित्तीय संस्था अझै पनि ऋणात्मक रहेको छ । अघिल्लो आवको असार मसान्तसमम १२ लाख २९ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनी गत आवसम्म आईपुग्दा १८ लाख ४३ हजार रुपैयाँ ऋणात्मक देखिएकोे छ ।

उक्त अवधिमा आरएमडीसी, श्रृजनशील र आदर्श लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । अघिल्लो आवमा २८ करोड ६० लाख ८ हजार रुपैयाँ नाफा कमाएको आरएमडीसीको गत वर्ष भने १८.६८ प्रतिशतले घटेको छ । गत वर्ष कम्पनीले २३ करोड २५ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको छ । यस्तै, अघिल्ला वर्षको तुलनामा श्रृजनशील लघुवित्तको १४३.९६ प्रतिशत र आदर्श लघुवित्तको १.१७ प्रतिशतले नाफामा गिरावट आएको छ ।

धेरै नाफा कमाउने कम्पनीहरु मध्ये डिप्रोक्स लघुवित्त वित्तीय संस्था दोस्रो स्थानमा रहेको छ । गत आवमा कम्पनीले ७१ करो्ड ३७ लाख २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५९.५४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २७ करोड ४९ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

प्रतिशतका आधारमा हेर्दा सबैभन्दा बढी नाफा कमाउनेमा नाडेप लघुवित्त वित्तीय कम्पनी रहेको छ । नाडेपको नाफा ८ हजार ३६९ प्रतिशतले बढेको छ । अघिल्ल्लो आवमा १८ लाख ५२ हजार रुपैयाँ मात्र नाफा गरेको कम्पनीले गत वर्षको सोही अवधिमा आईपुग्दा १५ करोड ६८ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बाँकी कम्पनीहरुको वित्तीय अवस्था सार्वजनिक हुनेक्रम जारी छ । समग्र कम्पनीको नाफा भने सबैको वित्तीय अवस्था सार्वजनिक भएपछि मात्रै थाहा पाउन सकिन्छ ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १९:२८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...