back
NMB ad

न्यादी हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, कसले कति दिन पाउँछ आवेदन ?

Kumari bank ad

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र संस्थागत लगानीकर्ताको लागि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले भदौ १ गतेदेखि लमजुङ जिल्लाका स्थानीयलाई १५ लाख कित्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३ लाख कित्ता सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले जिल्लाको मर्स्याङ्दी गाउँपालिका– ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख र जिल्लाको अन्य स्थानीयलाई १० लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीको उक्त सेयरमा प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिनसकिने छ । लगानीकर्ताले पहिलो चरणमा भदौ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ ३० गतेसम्म आवेदन दिन सकिने छ । स्थानीयका साथै कम्पनीका संस्थापक लगानीकर्ताहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीलाई ३ लाख कित्ता सेयर छुट्याईएको छ ।

उक्त सेयरमा स्थानीयले जिल्लामा रहेका ग्लोबल आइएमई बैंकको शाखा सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सकिने छ । संस्थापक लगानीकर्ताले भने न्यादी हाइड्रोपावरको कार्यालय बुद्धनगर तथा ग्लोबल आइएमई क्यापिटलमा आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक पनि ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

वि.सं.२०७८ साउन २४ आइतवार ११:०५ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...