back
NMB ad

११५ प्रतिशतले बढ्यो आँधिखोला लघुवित्तको नाफा, यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ मा ४ करोड १० लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । सोमबार कम्पनीले सार्वजकि गरेको गत आवको चौथो त्रैमासिक वित्तीय अवस्थाले यस्तो देखिाएको हो ।

कम्पनीको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ११५.९५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष कम्पनीको नाफा १ करोड ९० लाख १२ हजार रुपैयाँ थियो ।

उक्त अवधिमा कम्पनीले खुद ब्याज आम्दानी पनि ३८.६९ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष ६ करोड २७ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष भने ८ करोड ७० लाख ७६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ८ करोड १ लाख ८१ हजार रुपैयाँ राखेको छ ।
कम्पनीले निष्क्रिय कर्जा केही मात्रामा घटाएको छ ।

अघिल्लो वर्ष ४.८७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ४.६० प्रतिशतमा झारेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ०६ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ १८ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २५ सोमवार १४:०९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...