back
NMB ad

पर्यटकीय गन्तव्यको प्रबद्र्धन गर्न इन्डो–नेपाल टुरीजम जर्नालिष्ट एसोसियसनको गठन

Kumari bank ad

काठमाण्डौं । नेपाल र भारतका पर्यटकीय गन्तव्यको प्रचार प्रसार, प्रबद्र्धन र लुकेर रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक,संस्कृतिक महत्वका पर्यटकीय गन्तव्यलाई उजागर गराउने उदेश्यले इन्डो–नेपाल टुरीजम जर्नालिष्ट एसोसियसन (आइएनटीजेए)को गठन गरिएको छ । नेपाल र भारतका पत्रकारहरुबीच पूर्वी नेपालको इलाम बजारमा आयोजित एक अन्तक्रियापश्चात् एसोसियसनको गठन गरिएको हो ।

एसोसियसनमा भारतका तर्फबाट सिक्किम एक्सप्रेसका प्रशान्त आचार्य संयोजक छन् भने नेपालका तर्फबाट कान्तिपुर पब्लिकेसन एवं पर्यटन पत्रकार संघ (जाट–नेपाल) का द्धित्तिय उपाध्यक्ष शेखर अधिकारी उपसंयोजक छन् ।

संयोजक र उपसंयोजक सहित अन्य १३ जना पत्रकारहरु एसोसियसनका संस्थापक सदस्य रहेका छन् । नेपालका तर्फबाट पर्यटन पत्रकार संघ (जाट–नेपाल) सचिव हरिशरण न्यौपाने, नेपाल टेलिभिजनका सोम शर्मा बजगाई, राससका बिद्रोही गिरी, अर्थतन्त्र डटकमका रामेश्वर कार्की, हिमालयन टेलिभिजनका हिमाल दाहाल संस्थापक सदस्य रहेका छन् । त्यस्तै भारतको सिलगुढी, ग्यान्टोक, कलकत्ताका कार्यरत पत्रकारहरु अजय राय, आनन्द बनर्जी, मधेब घोष, जयश्री भट्टचार्य, नेताई मालाकार, प्रलय बानिक, प्रसुन बानिक, पोषणदेव मल्लिक सदस्य रहेका छन् ।

एसोसियसनको भारतमा आयोजना हुने अर्को बैठकले आवश्यक रणनीतिक योजना सहित कार्यक्रमहरुको खाका तयार पार्ने बताईएको छ । बैठकबारे आवश्यक मिति, स्थान तथा योजना तयार गर्न संयोजक आचार्य र उपसंयोजक अधिकारीलाई जिम्मेवारी दिईएको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सुमन घिमिरे, पर्यटन व्यवसायीहरु कृष्णहरि खत्री, अञ्जानकुमार थापा, टानका सदस्य संगम शेर्पा, मेची पहाडी पर्यटन क्षेत्र प्रबद्र्धन विकास समितिका अध्यक्ष रणबहादुर खड्का, समितिका कार्यकारी निर्देशक केशवकुमार धौराली समितिका कर्मचारीहरु समिक्षा चौलागाई, सन्देश लामिछाने लगायत स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

आगामि बैठकपछि छिमेकी दुई देशका सबैखाले संचार माध्यममा कार्यरत पत्रकारहरुले स्थानीय सर्वसाधारण, पर्यटन व्यवसायी, होटल व्यवसायी, होमस्टे संचालकहरु, सरकारी निकायका प्रतिनिधिलाई पर्यटनको विकासबारे आवश्यक राय सहित विभिन्न प्रबद्र्धनात्मक क्रियाकलापमा सहयोग पुर्याउने कार्ययोजना अगाडि बढाउनेछन् ।

२७ जेठ २०७३, १२.२३

वि.सं.२०७३ जेठ २७ बिहीवार १२:१२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...