back
NMB ad

सरकार डरायो : लिपुलेक, कालापानी, लिम्पियाधुरा फिर्ता गर्न नसके ढेड वर्षपछि आफै फिर्ता ल्याउँछु : ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई लिपुलेक, कालापानी, लिम्पियाधुरा फिर्ता गर्न नसकेको खण्डमा आगामी ढेड वर्षमा आफैले फिर्ता ल्याउने बताउनु भएको छ ।

प्रतिनिधि सभाको बैठकमा उहाँले यस्तो बताउनु भएको हो । बैठकमा उहाँले प्रश्न गर्नुभयो ‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा ‘किन भारतसँग वार्ता गरेर ल्याउछ्ु भनेर लेख्न नसकेको ?’ उहाँले यो सरकारले फिर्ता लिन नसके डेढ वर्ष पर्खन आग्रह गर्दै आफैले ल्याउने बताउनुभयो ।

लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको पवित्र भूमी भएकोले साझा कार्यक्रममा यसलाई समस्याको रुपमा राखेको भन्दै त्यसमा असन्तुष्टि जनाउनु भयो । उहाँले त्यो क्षेत्रमा समस्या हो भनेर छोडेर समस्याको समाधान नहुने भन्दै सरकारले फिर्ता गर्नेपर्ने बताउनुभयो ।
बैठकमा उहाँले प्रधानमन्त्री देउवाको घरबाट पारि जानुपरे पिथौराकोटबाट पारि जान अघिल्लो सरकारले हालेको पुल चढेर जानुपर्ने ओलीले बताउनुभयो ।
२६ गते संसद बस्दैछ, अनी २४ गते नै सयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको कागज बाँढेको ? भन्दै प्रश्न गर्नुभएको छ । यो सरकारको कार्यक्रम हो की साझा कार्यक्रम हो ? संसद किन छलेको ? आज किन संसदमा नल्याएको भन्दै प्रश्न गर्नुभएको छ ।
संयुक्त साझा कार्यक्रममा विभिन्न अनुहार देखिएको तर काँग्रेसको अनुहार नै देखिएको उहाँको भनाई छ ।

वि.सं.२०७८ साउन २६ मंगलवार १४:४७ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...