back
NMB ad

कृषि विकास बैंकको नाफा १०.८८ % ले बढ्दा वितरणयोग्य नाफा कति ?

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकको नाफा १०.८८ प्रतिशतले बढेर ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा ३ अर्ब ३३ करोड १७ लाख ३७ हजार रुपैयाँ रहेको थियो । बैंकले प्रकाशित गरेको असार मसान्तसम्मको वित्तीय अवस्था अनुसार वितरणयोग्य नाफा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७२ प्रतिशतले घटेर ६ अर्ब २६ करोड ४१ लाख ४७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ६ अर्ब ७१ करोड ६१ लाख २१ हजार रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन मुनाफा २१.०२ प्रतिशतले बढेर ५ अर्ब २२ करोड ६७ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

१६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ६१ करोड ८५ लाख ५ हजार रुपैयाँ रहेको छ ।
१ खबृ ६२ अर्ब ६७ करोड ७२ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ५२ अर्ब ८६ करोड २५ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा २.८४ प्रतिशतबाट घटेर १.८४ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ६५ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार ०८:०३ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...