back
NMB ad

१०३ प्रतिशतले बढ्यो विजय लघुवित्तको नाफा, यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले गत वर्ष ११ करोड ८४ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्ष चौथो त्रैमासको तुलनामा १०३.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनी ५ करोड ८१ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७४.२४ प्रतिशतले बढेर ३८ करोड १ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले २१ करोड ८१ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको चुक्तापुँजी २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा १७ करोड ३३ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको खराब कर्जा भने बढेको देखिएको छ । अघिल्लो वर्ष ३.२४ प्रतिशत रहेको खराब कर्जा बढेर गत वर्ष ४.६६ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ४ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार १३:२८ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...