back
NMB ad

साढे ८० %ले बढ्यो ज्योति लाइफको नाफा : २ करोड ७९ लाख भुक्तानी हुन बाँकी, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

गत वर्ष कम्पनीले १३ करोड १४ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनमा  ८०.५० प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ७ करोड २० लाख २६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल बीमाशुल्क आर्जन रकम भने ३ अर्ब ११ लाख ३१ लाख २ हजार रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले १५ करोड २५ लाख २७ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कुल दावी भुक्तानीको संख्या भने ३२२ रहेको छ ।

उक्त अवधिमा कम्पनीको भुक्तानी हुन बाँकी रकम २ करोड ७९ लाख १२ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ५७ करोड ५८ लाख २६ हजार रुपैयाँ राखेको छ ।

यस्तै, कम्पनीले जीवन बीमा कोषमा ३ अर्ब ९८ करोड ८८ लाख १ हजार र महाविपत्ति जगेडामा ६ करोड ८९ लाख ६१ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३१ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन ३१ आइतवार ११:३१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...