back
NMB ad

बोर्डका कर्मचारी र सांसदबीच चर्काचर्की : ढूंगानालाई निलम्बन गरेर छानविन गर्न उपयुक्त, भिष्मले मागे माफी

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले अर्थ समितिको बैठकमा संसदीय मर्यादा भन्दा बाहिर गएर बोलेको भन्दै बैठकमा चर्काचर्की भएको छ ।

अर्थ समितिको बैठकमा सर्वोत्तम सिमेन्टको सेयर धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढूंगानाले छोरीको नाममा किनेपछि सांसदको प्रश्नको जवाफमा अमर्यादित भएको भन्दै चर्की चर्की भएको हो ।

सांसदको प्रश्नको जावफा दिने क्रममा बोर्डका अध्यक्ष ढुंगानाको बचाउन बोल्न थाल्दा सांसदलाई नै चुनौती दिने गरी प्रस्तुत भएका कारण चर्का चर्की भएको हो । अध्यक्ष ढुंगानाले किनेको सेयरमा छानविन गरेर कारबाही गर्ने हो भने पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । तर उहाँले समाचार आएको भरमा मात्रै आक्षेप नलगाउनु होला कृपया भनेर भनेपछि सांसदहरु आक्रोशित बन्नु भएको थियो ।

कसले के लेख्यो भन्दैमा हामीलाई आक्षेप लगाउने, मोरल डाउन गर्ने काम नगर्नु होला । तपाईहरुले अहिले जे गर्नु भएको छ, त्यसले भोली ठूलो समाचार बनेर अनलाइमा आँउछ’ भनेर धम्किको शैलिमा प्रस्तुत भएपछि चर्का चर्की भएको हो । अहिले समाचार हेरेर मात्रै समितिले बोलाएको र काम गर्ने बाताबरणमा अप्ठेरो परेको भन्दै भोलीको दिनमा काम गर्न समस्या हुने बताउनुभयो ।

समाचार आएको भरमा नै कुनै पनि विषयलाई स्थापित गर्न नहुने उहाँको तर्क छ । श्रेष्ठले बैठकमा अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरेर छानविन गर्न उपयुक्त लागे त्यही अनुसार अघि बढन समेत सुझाव दिनुभयो । तर सस्तो समाचारको रुपमा प्रस्तुत हुन नहुने बताउनुभयो ।

उहाँको कुरा सकिन नपाउँदै सासंद जय कुमार राईले श्रेष्ठको प्रस्तुति आपत्ति जनक भएको भन्दै बोलि फिर्ता लिन आग्रह गर्नुभयो । ‘उहाँले समाचारको लागि समाचार बनाउन छलफल गर्न बोलाउनुभयो भन्नुभयो यो आपत्ती जनक विषय हो । तपाईको प्रतिवेदनमा समितिले दिएको सुझावमा तपाईहरुले प्रगतिविवरण पेश गर्नुभयो । यो संस्थाको प्रमुखको विषयमा यस्तो खबर आएको छ भनेर हामीले प्रश्न गर्न मिल्दैन । तपाईले त आपत्ती जनाउनुभयो नी । हामीले थप समाचार बनाउन बोलाएजस्तो तपाईको अभिव्यक्ति भयो । यो जिम्मेवार बैठकमा तपाईको प्रस्तुती आपत्तीजनक छ फिर्ता हुनुपर्छ ।’

सांसद राइले श्रेष्ठलाई इंगित गर्दै भन्नुभयो ‘तपाई भएको संस्थाप्रति प्रश्न उठेको छ, हामी कति नैतिकवान छौ । राज्यलार्ई दोहन गर्ने अनी आफू मोटाउने, जनताले तिरेको करबाट तलब खाने अनी राज्यलाई दोहन गर्ने परिपाटी बन्यो ? यस्तो प्रश्न उठन् नकारात्मक हो ? हामीले तपाई कारबाहीको भागिदार हुनुपर्छ भनेको छ र ? प्रश्नमाथी के हो भनेर सोध्न नपाउने, समाचारब बनाउनको लागि छलफल नगर्नुहोस भन्ने तपाईको अभिव्यक्तिप्रति मेरो आपत्ती छ ।’ प्रश्न उठेपछि त्यसको सफाइ दिनुपर्ने उहाँको भनाई छ ।

त्यसपछि बोर्ड अध्यक्ष ढुंगानाले श्रेष्ठलाई बोल्न दिनुभएन । अन्तिममा उहाँले आफ्ना कर्मचारीले कुनै गल्ति गरेको भए वा बोल्दा तलमाथी परेको भए माफ पाउँ भन्दै बैठकबाट बाहिरिनुभयो ।

वि.सं.२०७८ साउन ३१ आइतवार १६:४४ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...