back
NMB ad

लुम्बिनी विकास बैंकको नाफा साढे ५१ करोड बढी, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा साढे ५१ करोड बढी नाफा कमाएको छ ।

सोमबार बैंकले सार्वजनिक गरेको वित्तीय अवस्था अनुसार गत वर्ष ५१ करोड ६२ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको हो ।जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.३८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको चौथो त्रैमासमा बैंकले ३७ करोड ८५ लाख ६० हजार रुपैयाँ नाफा गरेको थियो ।

बैंकले उक्त अवधिमा १ अर्ब २२ करोड १० लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ६.१९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब १४ करोड ९७ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

बैंकको गत वर्षको संचालन मुनाफा भने १ अर्ब ३४ करोड ७५ लाख ९९ लाख रुपैयाँ रहेको छ । बैंकको संचालन मुनाफा अघिल्लो वर्षको तुलनामा २०.७१ प्रतिशतले वृद्धि भएको हो ।

बैंकको चुक्तापुँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा भने १ अर्ब ९९ करोड ६४ लाख ७२ हजार रुपैयाँ राखेको छ ।

बैंकले गत वर्षसम्म आईपुग्दा खराब कर्जा पनि घटाएको छ । अघिल्लो वर्ष २.६९ प्रतिशत रहेको खराब कर्जा गत वर्ष भने बैंकले २.१३ प्रतिशतमा झारेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ २० पैसा रहेको छ ।

वि.सं.२०७८ साउन ३२ सोमवार ११:१० मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...