back
NMB ad

बार्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न प्रमुख शाक्यको आग्रह

Kumari bank ad

काठमाडौँ । जनप्रतिनिधिले नगर सभाबाट पारित गरेको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा कर्मचारीहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताउनु भएको छ । नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा कर्मचारीको सक्रियता अपेक्षा गरेको उहाँको भनाई छ ।

बार्षिक कार्ययोजना तर्जुमा गर्ने क्रममा विभागीय प्रमुखहरुसँग छलफल गर्दै प्रमुख शाक्यले उक्त कुरा बताउनु भएको हो । ‘विभाग सक्रिय भएन भने कुनै पनि काम नबन्ने भन्दै जनप्रतिनिधिले तयार गरिदिएका कार्यक्रमको गन्तव्यलाई लक्ष्य मानेर तपाईँहरु कार्यक्रम कार्यान्वयनमा लाग्नोस्’ उहाँले भन्नुभयो ।

‘सम्पन्न भएका कार्यक्रमको लाभ समीक्षा गरौँ । कार्यान्वयन आउन नसकेका कार्यक्रम किन भएनन् ? कारण खोजौँ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘महानगरले आन्तरिक रुपमै सम्पादन गर्न सक्ने कामलाई खुरुखुरु सञ्चालन गरौँ । नीतिमा केही अस्पष्ट भए हामीलाई सोध्नू । क्षेत्रगत समन्वयमा गर्नुपर्ने कामको हामी संयोजन गर्छौँ । त्यहीअनुरुप योजना कार्यान्वयन गरौँ ।’

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, जनप्रतिनिधि र कर्मचारीको सुमधुर सम्बन्धले महसुस योग्य परिणाम आउने बताउनुभयो । उहाँले सबैले पदीय जिम्मेवारी पूरा गर्ने हो भने कसैले कसैप्रति प्रश्न गर्नुपर्ने दिन नआउँने उहाँको भनाई रहेको छ ।

महानगरको नवौँ अधिवेशनबाट स्वीकृत बार्षिक कार्यक्रमलाई विभागहरुले कुन काम कहिले सुरु गर्ने र कहिले सम्पन्न गर्ने चौमासिक अवधि राखेर कार्ययोजना बनाएका छन् । कार्यक्रम कार्यान्वयनको मुख्य जिम्मेवारी, सहायक जिम्मेवारी, समयावधि, अनुगमन सूचकसहित कार्ययोजना बनेको छ ।

बार्षिक कार्ययोजना तर्जुमा सहजीकरणका लागि निर्देशक बसन्त आचार्यको संयोजकत्वमा टोली गठन गरिएको थियो । टोलीको सदस्यहरुमा उपनिर्देशकहरु प्रहलाद घिमिरे र प्रवीण प्याकुरेल र शाखा अधिकृत संन्जिव श्रेष्ठ हुनुहुन्छ । टोलीले साउन १८ गते छलफल आयोजना गरेर काम थालेको थियो । त्यसपछि विभागहरुलाई पठाइएको ढाँचामा कार्ययोजना तयार भएको छ । यसरी तर्जुमा गरिएको सम्झौतामा भोलि प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित विभागीय प्रमुखहरुविच हस्ताक्षर हुनेछ ।

वि.सं.२०७८ भदौ १ मंगलवार ११:३० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...