back
NMB ad

रत्नपार्कमा अब प्रतीक्षालय र खाजाघर पनि बन्दै

Kumari bank ad

काठमाडौंँ । रत्नपार्कमा आउने अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै केही समयमा पार्क्भित्र प्रतीक्षालय र खाजाघर बनाउने तयारी गरिएको छ ।

गत चैतको पहिलो सातादेखि रत्नपार्कमा इन्टरनेट सुविधा उपलब्ध भएसँगै त्यहाँ जाने अवलोकनकर्तालाई व्यवस्थापन गर्नका लागि प्रतीक्षालय र खाजाघर राख्न लागिएको कामपा, रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीले जानकारी दिए ।

उनका अनुसार गत शनिबार मात्रै रत्नपार्कमा अवलोकन गर्न आउने तीन हजार ११० जना थिए । झन्डै एक वर्षअघिदेखि रत्नपार्कको थप व्यवस्थापन गरी अवलोकनकर्ताबाट शुल्क समेत लिन थालिएको छ । प्रवेश शुल्क विद्यार्थीका लागि १५ रुपैयाँ तथा अन्यका लागि २५ रुपैयाँ निर्धारण गरिएको एकाइले जनाएको छ ।

गत शनिबार हालसम्मकै बढी अवलोकनकर्ता रत्नपार्कको अवलोकन गर्न आएका थिए । अवलोकन गर्न आएकाबाट प्रवेश शुल्कस्वरुप ७२ हजार ८ सय रुपैयाँ असुल गरिएको । अवलोकनकर्ताको सङ्ख्या वृद्धि भएसँगै आम्दानी पनि बढेको छ । अघिल्लो शनिबार ३५ हजार रुपैयाँ मात्र उठेको थियो ।

रत्नपार्कका पानी पर्दा ओत लाग्ने ठाउँ पनि बनाउने तयारी गरिएको छ ।
प्रकाशितः २०७३ जेठ २९

वि.सं.२०७३ जेठ २९ शनिवार १३:४५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...