back
NMB ad

निर्जीबन बीमा कम्पनीको नाफामा सामान्य सुधार, नेकोले जित्यो शिखरलाई !

Kumari bank ad

बिक्रम सुनार,

काठमाडौं । गत आथिक वर्षमा निर्जीबन बीमा कम्पनीहरुको नाफामा सामान्य सुधार देखिएको छ । कोरोना महामारीको असर निर्जीबन बीमा कम्पनीमा देखिएको छ । जसका कारण कम्पनीहरुको नाफामा उल्लेख्य सुधार आउन सकेको छैन ।

निर्जीबन बीमा कम्पनीको नाफामा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा सामान्य मात्रै बढोत्तरी देखिएको छ । अघिल्लो आवको तुलनामा गत आवका निर्जीन बीमा कम्पनीको नाफा ७.३३ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा ४ अर्ब ३० करोड ६३ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेका निर्जीबन बीमा कम्पनीले गत आवको सोही अवधिमा ४ अर्ब ६२ करोड २२ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यो अवधिमा तीन वटा कम्पनीको नाफामा गिरावट आएको छ भने बाँकीको नाफामा सुधार देखिएको छ । नाफा घट्ने कम्पनीहरुमा हिमालयन जनरल इन्स्यारेन्सको ३३.४० प्रतिशत, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको ४३.५७ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्सको १५.४८ प्रतिशत रहेको छ ।

गत आवमा सबैभन्दा बढी नाफा नेको इन्स्योरेन्सले ५४ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ । यसअघि नाफा आर्जनमा सँधै अग्रस्थानमा रहने गरेको शिखर इन्स्योरेन्सलाई नेकोले पछि पारेको छ । यो पटक शिखर दोस्रो स्थानमा रहेको छ ।

शिखर इन्स्योरेन्सले गत आवको चौथो त्रैमाससम्ममा ४७ करोड ५७ लाख ३६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । धेरै नाफा आर्जन गर्ने कम्पनीमध्ये तेस्रो नम्बरमा सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले ४५ करोड १५ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आवको चौथो त्रैमाससम्ममा सबैभन्दा थोरै नाफा आर्जन गर्नेमा युनाइटेड इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले ७ करोड ५२ लाख ३१ हजार रुपैयाँ रहेको छ । तर प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी पनि युनाइटेडकै रहेको छ । कम्पनीको नाफा ३३०.३८ प्रतिशतले बढेको छ । नाफा १ प्रतिशत पनि नबढेका कम्पनीमा प्रभु इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स रहेका छन् ।

वि.सं.२०७८ भदौ ३ बिहीवार १५:५४ मा प्रकाशित

You can share this post!

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...