काठमाडौं । बिहीवार यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ३.२७ प्रतिशतले वृद्धि भएको हो ।
साताको अन्तिम कारोबार दिन कम्पनीको सेय मूल्य प्रतिकित्ता २६ रुपैयाँले बढेको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ८२१ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेज(नेप्से)का अनुसार आज कम्पनीको ७ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ९१ हजार ५२ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७८ भदौ ३ बिहीवार १५:४४ मा प्रकाशित