back
NMB ad

सम्झौताको पूर्वसर्तहरु पुरा नभएको भन्दै एमसीसी पूर्व तयारी कामका लागि निकासा रोक

Kumari bank ad

काठमाडौं । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) ले पूर्व तयारी कामका लागि निकासा रोकेको छ । सम्झौताका पूर्वशर्तहरु पुरा नभएका कारण निकासी रोकेको हो ।

महालेखापरीक्षको कार्यालयले शुक्रावर सार्वजनिक गरेको ५८औँ वार्षिक प्रतिवेदनका अनुसार कम्प्याक्ट डेभलपमेन्टठ फण्ड(सीडीएफ) तर्फ बजेट विनियोजन गरि एमसीसी विकास समितिको कार्यालय स्थापना गरि परियोजनासम्वन्धी प्रारम्भिक कार्यमा १ अर्ब २४ करोड १४ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ ।

हालसम्म नेपाल सरकारतको स्रोतबाट ९५ करोड ७६ लाख ९४ हजार रुपैयाँ र एमसीएको स्रोतबाट १ अर्ब ३५ करोड २९ लाख १८ हजार समेत गरि २ अर्ब ३१ करोड ६ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । सम्झौताका शर्तहरु पुरा गरी खर्च पर्ने कार्यलयको भनाई छ ।

एमसीसी सम्झौताको धारा ७ मा उक्त सम्झौता लागू हुनका लागि पूर्वसर्तको रुपमा पक्षहरुद्वारा कार्यक्रम कार्यन्वयन सम्झौत गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।

सम्झौतामा उल्लेख भएका व्यहोरा र नेपाल राष्ट्रिय कानुन बाझिएमा यो सम्झौता लागू हुने सम्झौताको दफ ७.१ मा उल्लेख छ ।

कानुन तथा न्याय मन्त्रालयको रायअनुसार सम्झौताको दफ ७.२ मा भएको व्यवस्था बमोजिम यो सम्झौता संसदीय अनुमोदन गर्नुपर्ने उल्लेख छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १६:४८ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...