काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)को हकप्रद सेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।
कम्पनीले साउन ५ देखि आज (२५ गते) गतेसम्म हकप्रद निष्काशन गरेको थियो । समयमा नै माग अनुसार आवेदन परेका कारण सेयरधनीहरुले भदौ ८ गतेसम्म आवेदन दिन पाइने भएको थियो ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ११ अर्ब रुपैयाँको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । जेठ २७ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ ।
साथै ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकका शाखाबाट आवेदन दिन सकिने छ ।
वि.सं.२०७८ भदौ ७ सोमवार १४:१८ मा प्रकाशित