back
NMB ad

दिगो विकास लक्ष्य हासिल गर्न राजस्वको आकार वृद्धि, वैदेशिक स्रोतको परिचालन गर्नु : महालेखापरीक्षक

Kumari bank ad

काठमाडौं । दिगो विकास लक्ष्य हासिल गर्न संघमा समन्वय समिति र विषयगत समिति गठन गरिएपनि प्रदेश र स्थानीय तहमा संस्थागत संरचना निर्माण गर्नुपर्ने सुझाव रहेको छ ।

महालेखापरीक्षक कार्यालयको ५८ औं प्रतिवेदन-२०७८ ले यस्तो सुझाव दिएको छ । उक्त प्रतिवेदनमा अपुग हुने वित्तीय स्रोत सार्वजनिक र निजी क्षेत्रबाट परिचालन गर्ने एंव राजस्वको आकार वृद्धि गर्ने तथा वैदेशिक स्रोतको परिचालनबाट पूर्ति गर्नुपर्ने उल्लेख छ ।

उक्त लक्ष्य हासिल गर्नको लागि योजना र कार्यक्रमको तर्जुमा र सोको कार्यान्वयन, समन्वय तथा अनुगमन र मूल्याङकन गर्नका लागि संघ र प्रदेशका विषयगत मन्त्रालयमा र सबै स्थानीय तहमा उपयुक्त संरचना र विधिको व्यवस्था गर्न भनिएको छ ।

सूचकांकका आधारमा लक्ष्यसँग आबद्व हुनेगरी बजेट कोड दिएर बजेट विनियोजन गर्नुपर्ने तथा दिगो विकासका लक्ष्य मध्ये मानवीय र सामाजिक पक्ष प्रधान रहेका र आर्थिक वृद्धि गर्ने परिमाणगत लक्ष्यलाई कोडिभ –१९ महामारीले असर पारेको देखिएको छ । त्यसको लागि लगानीका श्रोतको प्रबन्ध गर्न, बढी प्रतिफल प्राप्त हुने रुपान्तरणकारी योजनामा ऋण समेत वैदेशिक सहायताको सदुपयोग गर्न पनि भनिएको छ ।

तीनै तहका सरकारमा अन्तरसम्बन्ध कायम गरी यसको कार्यान्वयनको प्रगतिको मापन र मूल्याङक गर्न माइलस्टोन अनुसार सूचना तथा तथ्याङक उपलब्ध हुने व्यवस्था गर्नु भनिएको छ ।

वि.सं.२०७८ भदौ ७ सोमवार १८:४३ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...