back
NMB ad

मन्त्री थापाको सम्पत्ति : सेयरमा करोडौ लगानी, अन्य के-के छन् ?

Kumari bank ad

काठमाडौं । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले सम्पत्ति सार्वजनिक गर्नु भएको छ । उहाँको सेयर बजारमा मात्रै करोडौ लगानी रहेको देखिएको छ ।

उहाँले सार्वजनिक गरेको सम्पत्ति विवरण हेर्दा करोडौ सम्पती देखिएको छ । उहाँको ४ वटा बैंकको सेयरमा लगानी रहेको देखिएको छ ।
उहाँको नाममा मात्रै मेगा बैंक, सेच्चुरी कमर्सियल बैंक, सिद्धार्थ बैंकमा संस्थापक र साधारण सेयर रहेको छ ।

विवरणमा भएको रिपोर्ट अनुसार मन लक्ष्मी थापाको नाममा मेगा बैंकमा संस्थापक सेयर ५० हजार कित्ता, राधा थापा क्षेत्रीको नाममा मेगा बैंकमा संस्थापक र साधारण सेयर २७ हजार ३८१ कित्ता, छोरा सौगात थापाको नाममा मेगा बैंकमा २६ हजार ११३ कित्ता सेयर रहेको देखिएको छ ।

यस्तै स्वयम मन्त्री थापाको नाममा मेगा बैंकमा संस्थापक र साधारण सेयर ४ लाख ६८ हजार ५६ कित्ता, सेन्चुरी बैंकमा ९१ हजार ३६७ कित्ता संस्थापक सेयर, सिद्धार्थ बैंकमा ४३ हजार ७७९ कित्ता संस्थापक र लुम्बिनी विकास बैंकमा ५० हजार ९०९ कित्ता संस्थापक सेयर रहेको छ । यो सबै सेयरको रकम प्रति कित्ता १०० रुपैयाँ रहेको उल्लेख छ । यो सेयर किन्न व्यवसाय, सम्पती बेचबिखन तथा तलबी अनुदानबाट आर्जन गरेको पैसा रहेको उल्लेख छ ।

यस्तै मन्त्री थापाको नाममा १ करोड २० लाख पर्ने गाडी, विभिन्न बैंक तथा सहकारीमा करोडौ रुपैयाँ रहेको देखिएको छ । मन्त्री थापाको ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा रहेको छ । कास्की जिल्लाको पोखराका विभिन्न स्थानमा घर जग्गा रहेको छ ।

मन्त्री थापाको सम्पत्ति

वि.सं.२०७८ भदौ ९ बुधवार १४:४२ मा प्रकाशित

You can share this post!

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...