back
NMB ad

अझै साढे ३५ लाख बढी नोक्सानीमा जोशी हाइड्रोपावर, विद्युत बिक्री आम्दानी भने १२१ % ले वृद्धि

Kumari bank ad

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

गत आवमा कम्पनी ३५ लाख ७१ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो आवको चौथो त्रैमासको सोही अवधिको तुलनामा कम्पनलिे ८०.६५ प्रतिशतले नोक्सानी घटाएको हो । अघिल्लो आवमा कम्पनी १ करोड ८४ लाख ५६ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

गत आवमा नोक्सानी घटाएको कम्पनी विद्युत बिक्रीबाट ३ करोड ६३ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन आम्दानी अघिल्लो आवको तुलनामा १२१.१९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ६४ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्तापुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि ०.९६ ऋणात्मक देखिएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ५७ पैसा रहेको छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार ११:२६ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...