back
NMB ad

काठमाडौंको फोहोर कहिले उठ्ने भन्नेमा अन्योल, सडकमा जथाभावी नफाल्नु : मेयर शाक्य

Kumari bank ad

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले केही दिनको लागि फोहोर सडकमा जथाभावी नफाल्न अपिल गर्नु भएको छ ।

उहाँले काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन गर्न लागेकोले फोहोर जथाभावी नफाल्न आग्रह गर्नु भएको हो । बञ्चरे डाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइट जति सक्दो छिटो सम्पन्न गरेर महानगरलाई हस्तान्तरण भएपछि स्थायी रुपमा फोहोर व्यवस्थापन गरिने उहाँको भनाई छ ।

शाक्यले केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो विग्रिएका कारण नियमित रुपमा फोहोर व्यवस्थापनमा केही कठिनाइ भैरहेको जानकारी दिनुभयो । ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ । बाटोकै कारण फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ,’ शाक्यले भन्नुभयो, ‘त्यहि कारण केही दिनदेखि पूर्ण रुपमा फहोर उठाउन नसेकको हौँ ।’

उहाँले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौँ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘वर्षाका कारण विग्रिएको सिसडोलसम्म जाने बाटो बनाउन केही समय लाग्ने भएकाले तत्काल केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नमिल्काउन र कुहिने र नकुहिने फोहोर छुट्याएर सकेसम्म सहरलाई दुर्घन्ध कम गर्ने प्रयासमा लाग्न सम्पूर्ण महानगवासीलाई अनुरोध गर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म हामीले लामो समय फोहोर नथुप्रिने गरी व्यवस्थापन गर्दै आएका थियौँ । अहिले पनि फोहोर व्यवस्थापनका लागि सक्दो प्रयास गरिरहेका छौँ । बाटो मर्मत गरेर फोहोर व्यवस्थापन गर्ने प्रयास निरन्तर जारी राखेका छौँ ।’

प्रमुख शाक्यले फोहोर व्यवस्थापनका लागि सरकारसँग समन्वय भैरहेको जानकारी दिनुभयो । ‘नियमित रुपमा जति फोहोर व्यवस्थापन हुनुपर्ने हो त्यो तत्कालका लागि सकिरहेका छैनौँ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि हामीले सरकारसँग समन्वय गरिरहेका छौँ । मुख्य गरेर हामीले सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय अन्तरगतको सडक विभागसँग सहकार्य गरिरहेका छौँ ।’

उहाँले विगतका दिनमा पनि समन्वयमै फोहोर व्यवस्थापन गरिरहेको समेत जानकारी दिनुभयो । ‘अहिले पनि समन्वय गरिरहेका छौँ, उहाँहरुबाट सकारात्मक रुपमा सहयोग गर्ने बचन प्राप्त भएको छ,’ शाक्यले भन्नुभयो, ‘मुख्य गरेर सिसडोलसम्म जानका लागि अस्थायी सडक निर्माणका लागि हामीले सडक विभागलाई आग्रह गरेका छौँ । हामी बाटो निर्माणका लागि खर्च गर्न तयार छौँ । तर, त्यहाँको डिजाइन तयार पार्न हामीले सडक विभागलाई आग्रह गरेका हौँ । सहरी विकास मन्त्रालयसँग हामीले पहिलादेखि नै सहकार्यमा थियौँ ।’

अहिले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइट सहरी विकास मन्त्रालयले बनाइरहेको स्मरण गराउँदै उहाँले फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय, प्रदेश र स्थानीय सरकार सबैको भएको बताउनुभयो । ‘कसैले कसैलाई दोष लगाएर मुक्त हुनुहुँदैन,’ उहाँले भन्नुभयो, ‘हामी सबैलले समन्वयमा फोहोर व्यवस्थापन गर्नुपर्छ । मुख्य गरेर सहरी विकास मन्त्रालयले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा हामी व्यवस्थापन गर्न सक्छौँ । उहाँहरुले हस्तान्तरण नगरेसम्म हामी व्यवस्थापन गर्न कठिनाई हुन्छ ।’ महानगरले अझै कति दिनपछि फोहोर उठाउने भन्ने यकिन भने गर्न सकेको छैन ।

वि.सं.२०७८ भदौ १४ सोमवार १०:५५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...