back
NMB ad

एनसेलको चितवनमा रहेको टावरमा आगजनी !

Kumari bank ad

चितवन । शनिबारदेखि शृंखलाबद्ध एनसेल टावरमा आगजनी हुँदै आएकोमा यहाँको भरतपुर उपमहानगर–६ शान्ति चोकमा रहेको टावरमा पनि गएराति अज्ञात समूहले आगजनी गरेको छ। राति साढे १० बजेको समयमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सो टावरमा उनीहरुले जुटको बोरामा आगो सल्काई आगजनी गरेर भागेको जनाइएको छ। आगजनीबाट टावरमा क्षति पुगेको र विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ। स्थानीयले जानकारी दिएपछि तत्काल नै वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

आगजनी गर्ने समूहको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ। यसअघि विभिन्न जिल्लामा यस्ता घटनामा विप्लव माओवादी संलग्न रहेको समाचार आएका थिए। कतिपय ठाउँमा सो पार्टीले घटनाको जिम्मेवारी पनि लिएको छ।

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कम्पनीको बेस स्टेसनमा आक्रमण जारी राख्दै थप दूरसञ्चार पूर्वाधारमा भौतिक क्षति पुर्‍याउने कार्यको भर्त्सना गरेको छ। सञ्चारजस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अति महत्वपूर्ण मोबाइल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानुनी तथा गम्भीर अपराध भएको बताउँदै नागरिकको संचारको पहुँच तथा प्रयोगको अधिकारको सम्मान गर्न आक्रमणकारीलाई आग्रह गरेको छ ।

३१ जेठ २०७३, ११।००

वि.सं.२०७३ जेठ ३१ सोमवार १२:२९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...