back
NMB ad

किन्ने होइन त बजाजका विभिन्न मोडेलका बाइक, यस्तो छ नयाँ मूल्य ! (सूचीसहित)

Kumari bank ad

काडमाडौं । मोटरसाईकल अहिले कामकाजी व्यक्तिदेखि व्यवसायीहरुसम्मका लागि नभइ नहुने आवश्यकताको साधन बनिसकेको छ ।

बढ्दो सवारी चापले गर्दा सार्वजनिक सवारी साधनमा हुने ढिलाइका कारण पनि मोटरसाइकल प्रयोगकर्ताको संख्या बढ्दो छ । यस्ता आवश्यकता पुरा गर्न विभिन्न कम्पनीले विभिन्न प्रकारका मोटरसाइकल उत्पादन गरिरहेका छन् ।

नेपाली बजारमा पल्सर, एभेन्जर, डिस्कभर भन्ने वित्तिकै चर्चित र लोकप्रिय मोटरसाइकल मानिन्छन् । यी लोकप्रिय मोटरसाइकलको उत्पादक हो बजाज ।

बजाजले फरक फरक आर्थिक स्तर र भिन्नाभिन्नै रुचि भएकाहरुलाई भिन्नाभिन्नै प्रकारका मोटरसाइकल बजारमा ल्याएको छ ।
बजाजले २०७८ का लागि विभिन्न मोडेलका बाइकका मूल्य पनि निर्धारण गरि सूची समेत प्रकशन गरेको छ ।

जसअनुसार बजाज प्लाटिना १०० इएस १०२ सीसीको १ लाख ७२ हजार ९ सय रुपैयाँ, डिस्कोभर १२५ ड्रम १२४.४ सीसीको १ लाख ९२ हजार ९ सय, डिस्कोभर १२५ डिस्क १२४.४ सीसीको १ लाख ९९ हजार ९ सय, डिस्कोभर १२५ एसटी १२५ सीसीको २ लाख १० हजार ९ सय रुपैयाँ रहेको छ ।

यस्तै, पल्सर १२५ को १२४.३ सीसीलाई २ लाख २६ हजार ९ सय, पल्सर १५० को १४९.५ सीसीकलाई २ लाख ६० हजार ९ सय रुपैयाँ, पल्सर १५० टिडी १४९.५ सीसीलाई २ लाख ७१ हजार ९ सय, पल्सर १६० एनएस एबिएस १६० .३ सीसीलाई २ लाख ९० हजार ९ सय, पल्सर २०० एनएस एफआई एबिएस १९९.५ सीसीलाई ३ लाख ७८ हजार ९ सय र पल्सर २२० एफ २२० सीसीलाई ३ लाख ३६ हजार ९ सय रुपैयाँ मूल्य तोकेको छ ।

त्यसैगरि एभेन्जर २२० क्रुज २२० सीसीको ३ लाख ४५ हजार ९ सय, एभेन्जर स्ट्रेट १६० एबिएस १६० सीसीलाई ३ लाख १९ हजार ९ सय र डोमिनार ४०० एबिएस ३७३.२७ सीसीलाई ५ लाख ७८ हजार ९ सय रुपैयाँ मूल्य तोकेको छ ।

यस्तो छ नयाँ मूल्य:

वि.सं.२०७८ भदौ १४ सोमवार १३:५४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...