back
NMB ad

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न घरेलु तथा साना उद्योग महासंघ तयार

Kumari bank ad

काठमाडौं । सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न तयार रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) सँग सोमबार महासंघको सचिवालयमा आयोजित छलफल कार्यक्रममा अध्यक्ष श्याम गिरीले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने विषयमा महासंघ प्रतिवद्घ रहेको बताउनुभयो ।

उद्योगमा काम गर्ने कामदारको सुरक्षा महासंघको प्रमुख प्राथमिकता रहेको भन्दै उहाँले उद्योगमा कार्यरत श्रमिकसँगको सम्बन्धलाई महासंघले सधै उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

कार्यक्रमको अवधारणा महासंघले वर्षौंदेखि उठाउँदै आएको जानकारी दिंदै अध्यक्ष गिरीले भन्नुभयो ‘तर घोषणा गर्ने क्रममा अर्थमन्त्रालयले उद्योगीहरुमा केही भ्रम पैदा गरेको हुनाले अलमल भएको हो ।’

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) बागमती प्रदेश संगठन कमिटीले सामाजिक सुरक्षा कार्यान्वयनसम्बन्धी ध्यानाकर्षण पत्र महासंघलाई बुझाएको थियो ।

ध्यानाकर्षण पत्र महासंघलाई बुझाउँदै जिफण्ट बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष रामहरी नेपालले न्यून पारिश्रमिकमा अधिकतम उत्पादकत्व सम्भव नभएको भन्दै निश्चिन्त भएर काम गर्ने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

२०७५ साल मङ्सिर ११ गते सरकारद्घारा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा घोषणा समारोहमा नेपालका सबै उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, ट्रेड युनियन महासंघ तथा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को समेत सहभागिता रहेको जानकारी दिंदै उहाँले नेपालका उद्योग व्यवसायीका प्रतिनिधिहरुले कोषको कार्यान्वयन गर्ने प्रतिवद्घताका साथै कोषको सञ्चालक समितिमा समेत रहेको बताउनुभयो ।

वि.सं.२०७८ भदौ १५ मंगलवार १०:२८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...