काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आज बुक क्लोज गरेको छ । कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि आज बुक क्लोज गर्न लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा भदौ १४ गतेसम्म कारोबार भई सेयरधनी किताबमा कायम सेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन पाउनेछन् । कम्पनीले भदौ २६ गते २८ औं वार्षिक साधारण सभा गर्दै छ ।
सभाले गत असोज १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ः१.७५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय भएकोमा ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम चुक्तापूँजीको १ः०.७० अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
वि.सं.२०७८ भदौ १५ मंगलवार १०:४४ मा प्रकाशित