back
NMB ad

यूएईसँगको व्यापार घाटा कम गर्न संयुक्त लगानीमा जोड : कृषि र पर्यटन प्रमुख क्षेत्र

Kumari bank ad

काठमाडौं । नेपाल र संयुक्त अरव इमिरेट्स (यूएई) बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप प्रगाढ पार्नुपर्नेमा जोड दिइएको छ । द्विपक्षीय व्यापार विस्तार एवं संयुुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको निर्यात प्रवद्र्धनमा दुुवै देश बीच गम्भीर गृहकार्य हुनुपर्नेमा महासंघको जोड छ ।

नेपालका लागि संयुक्त अरव इमिरेट्सका राजदूत सइद हमदान अल नाकवीर महासंघका अध्यक्ष शेखर गोल्छाबीच महासंघ सचिवालयमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिइयो ।

दुवै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०२०-२१ मा ३६ अर्ब भन्दा बढीको व्यापार घाटा रहयो । सन् २०१९-२० मा करिव १८ अर्ब र २०१८-१९ मा ३५ अर्बको व्यापार घाटा थियो । नेपालले तयारी पोसाक, हाते गलैचा तथा हस्तकलाका सामानहरू, मुसुुरोका दाल लगायतका सामग्रीहरू निर्यात गर्दै आएको छ भने सुन तथा चांदी, खनिज तेल र यससंग सम्बन्धित अन्य उत्पादनहरू, प्लाष्टिक्स तथा प्लाष्टिक्सजन्य सामानहरू, कपर स्क्राप, चकलेट, कार्पेट्स तथा अन्य ओछ्याउने वस्तुहरू आयात गर्दछ ।

उद्योग विभागका अनुसार २०७८ असार ३१ सम्म नेपालमा कृषि तथा वनमा आधारित, उर्जा, आईटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी २३ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन् । व्यापार घाटा कम गर्न र आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न सहकार्यका क्षेत्रहरू पहिचान गरेर अगाडि बढ्नुपर्नेमा उहांहरूको जोड थियो ।

नेपालको प्रमुख श्रम गन्तव्य मध्येको एक संयुक्त अरव इमिरेट्सतर्फ नेपालबाट कृषि उत्पादन निर्यातको बलियो सम्भावना रहेकाले कृषिमा संयुक्त लगानी आकर्षणमा जोड दिइयो । हवाई मार्गबाट निकै नजिक रहेका नेपाल र यूएई बीच पर्यटन, सहकार्यको अर्को कडी हुन सक्ने र यस क्षेत्रमा संयुक्त लगानीका माध्यमबाट थुप्रै काम गर्न सकिने सम्भाव्यता माथि छलफल भयो । यसका लागि दुवै देशका सरकार–सरकार र निजी क्षेत्र–निजी क्षेत्र बीचको समन्वय र सहकार्यलाई अझ घनीभुतढंगबाट लैजानुुपर्नेमा भेटवार्तामा जोड दिइयो ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले आपसी सम्भव्यतालाई सफल पार्न आर्थिक कुटनीतिको सहयोगको अपेक्षा गर्नुभयो । यूएईसंग आर्थिक सम्बन्ध मजवुद वनाउने कार्यमा नेपाली निजी क्षेत्र लालयित रहेकाले सहयोग गर्न राजदूतलाई आग्रह गर्नुभयो । राजदूत सइद हमदान अल नाकवीले आफ्नोतर्फबाट आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुर्वै देशका निजी क्षेत्र बीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने विश्वास दिलाउनुभयो ।

वि.सं.२०७८ भदौ १६ बुधवार १८:०९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...