back
NMB ad

कोरोना भाइरसविरुद्धको खोप १ करोड डोजभन्दा बढी लगाईयो

Kumari bank ad

काठमाडौं । नेपालमा हालसम्म १ करोड ३३ लाख कोरोना भाइरसविरुद्धको खोप भित्रिएकोमा भदौ बुधबार सम्म १ करोड डोजभन्दा बढी खोप लगाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले १ करोड भन्दा बढि खोप यति कम समयमा लगाईनु निकै सकारात्मक कुरा भएको भन्दै सरकारले लक्ष्य गरे अनुरुपको खोप उपलब्ध गराई सबै मानिसमा पुर्ण खोप लगाउन प्रतिवद्ध रहेको बताउनुभयो ।

नेपालमा खोप लगाउन लक्ष्य राखिएको २ करोड १७ लाख ५६ हजार सात सय त्रिसट्ठी जना मध्ये बुधवार सम्मको तथ्याङ्क हेर्दा ५४ लाख २४ हजार ८ सय ३६ जना अर्थात् १७।९ प्रतिशत ले खोपको पहिलो मात्रा लगाइसकेका छन् । खोपको पुर्ण मात्रा लगाउनेको संख्या ४६ लाख ६७ हजार ३ सय २८ अर्थात १५।४ प्रतिशत रहेको छ ।

विश्व स्वास्थ्य संगठन का दक्षिण पुर्वी एसिया क्षेत्रीय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले यति छोटो समयमा १ करोड भन्दा बढि खोप लगाई १५ प्रतिशत जनातालाई पुर्ण खोप लगाउन सफल भएको भनि ‘नेपाल’लाई बधाई दिनुभएको छ । नेपालमा गत वर्षको माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो ।

नेपालमा अहिले भारतमा निर्मित कोभिसिल्ड, चीनको भेरोसेल, अमेरिकाको जोन्सन एन्ड जोन्सन, जापानमा बनेको एस्ट्राजेनेका र स्विडेनमा बनेको एस्ट्राजेनका खोप लगाइएको छ ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १८:०६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...