back
NMB ad

विद्युतीय बस सञ्चालनमा उर्जा मन्त्री भुसालको तिब्र चासो

Kumari bank ad

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले साझा यातायातको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको छ ।

पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर उहाँले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिनुभएको हो ।

साझा यातायात सञ्चालक समितिका अध्यक्ष कणकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराउनुभयो । उहाँले विद्युतीय बस खरिदको अवस्था तथा बस सञ्चालनका लागि चर्जिङ स्टेशनको अवस्थाबारे बताउनुभयो । उहाँले पहिलो चरणमा जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।

टेन्डर आह्वान गरेर बस खरिदको प्रक्रिया अगाडि बढेको बताउँदै अध्यक्ष दीक्षितले पहिलो चरणमा चार महिनापछि तीन वटा विद्युतीय बस आइपुग्ने जानकारी गराउनुभयो । चरणबद्ध रूपमा विद्युतीय बस खरिद गरेर सञ्चालनमा ल्याउने बताउँदै उहाँले सरकारले त्यसका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा मन्त्री भुसालले चार्जिङ स्टेशनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताउनुभयो । उहाँले पहिलो चरणमा ललितपुर र काठमाडौँ महानगरमा विद्युतीय बस सञ्चालन गर्न लागिएको भए पनि आगामी दिनमा देशका सबै नगरपालिकामा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री भुसालले विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि पहल लिन साझा यातायातलाई आग्रह गर्नुभयो ।

उहाँले विद्युतीय सवारी साधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोग भई आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै डलरमा खरिद गरिएको एल्पी ग्यास र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै प्रविधिलाई विस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उच्च व्यापारघाटा कम गर्नका लागि पनि विद्युत् खपतलाई बढवा दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले सो कार्यका लागि समाजका सबै निकायले सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो ।

त्यस अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले विद्युतीय बस सञ्चालनका सरकारका तर्फबाट सहयोग हुने बताउँदै आगामीमा दिनमा उपयुक्त तवरले संरचना खडा गरेर आगाडि बढ्ने सबै निकायले पहल गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी सञ्चलन समितिका सदस्य भुषण तुलाधरले विद्युतीय बसकोे खरिद प्रक्रिया र लगातबारे जानकारी गराउनुभयो । उहाँका अनुसार करबाहेक एउटा बस खरिदका लागि रु एक करोड ५ लाख पर्नेछ । कर, चार्जर र पाँच वर्षको मर्मत खर्चसहित प्रति बस रु एक करोड ५२ लाख लाग्नेछ । यो लागत रकम साझाको प्रारम्भिक अनुमानभन्दा २७ प्रतिशतले कमी हो । पहिलो चरणमा रु ६१ करोडको लागतमा ४० वटा बस खरिद गर्न लागिएको छ ।

साझाले आह्वान गरेको बोलपत्रमा ९ वटा चिनीयाँ कम्पनी सहभागी भएका थिए । त्यसमध्ये सिएचटिसी किनवेन (नान्जीङ) अटोमोबाइल कम्पनीले छनोट भएर बस खरिद प्रक्रिया अगाडि बढेको हो । तुलाधरका अनुसार अबको चार महिनामा तीनवटा बस नेपाल आएर परीक्षण सुरु हुनेछ । सम्झौताअनुसार एक पटक ब्याट्री चार्ज गर्द २०० किलोमिटर गुड्छ । बसमा १६१ किलोवाट पर आवरको बाट्री जडान गरिनेछ । जुन चार घण्टामा चार्ज हुनेछ ।

पछिल्लो समय सरकारले साझाको तीन अर्बको सेयर लगानी गरेको छ । सो रकम साझाको खातामा आइसकेको छ । साझाले आगामी सन् २०२५ सम्म सबै डिजेल बसलाई विद्युतीय बसमा परिणत गर्ने नीति लिएको छ । हाल साझाले ७१ वटा ठूला बस सञ्चालन गर्दै आएको छ । साझाले पुल्चोकको २२ रोपनी क्षेत्रफलमा ‘साउथ एसिया सेन्टर’ स्थापना गर्ने योजनासमेत बनाएको छ ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १८:१४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...