back
NMB ad

सिजेएनको ११ औं स्थापना दिवस सम्पन्न

Kumari bank ad

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११ औं स्थापना दिवस सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले सहकारी र सञ्चारको सहकार्यमा रचनात्मक काम गर्न सकिने बताए ।

कार्यक्रममा वक्ताहरुले पत्रकारिता क्षेत्रबाट सहकारी क्षेत्रको विकृति, विसंगति अन्त्य गर्नुका साथै सहकारीको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारी क्षेत्रको अध्ययन अनुसन्धान गरी खोजमुलक समाचार सम्पे्रषण गर्नुपर्ने बताए । सहकारीले सदस्यको जीवनस्तर सुधार गर्न जोड दिनुपर्ने उनले बताए । ‘सहकारीले तीन खम्बे अर्थनीति अनुसार स्थापित हुन उत्पादनमा जोड दिनुपर्छ’ उनले भने । सत्थ्य, तथ्य समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले निश्पक्ष ढगले कलम चलाउन सके सहकारी क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । आर्थिक विकासमा सहकारीको महत्वपूर्ण योगदान हुने भएकाले सञ्चारमाध्यमले सहकारी क्षेत्रको विषयमा स्थान दिनुपर्ने बताए ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइले सञ्चारमाध्यमकको सहयोगले सहकारी करेक्सन हुन मौका पाउने बताए । ‘सहकारीका सबै खाले समाचारले सहकारी प्रवद्र्धनमा सहयोग पुग्छ’, उनले भने,‘सहकारीले खोजमूलक समाचार सम्प्रेषणमा ध्यान दिनुपर्छ ।’

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष यादव हुमागाई र निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सचिव तुलसी सुवेदीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष काजी श्रेष्ठले स्वागत गरेका थिए ।

पत्रकारिता पुरस्कार कुँवरलाई

नेपाल सहकारी पत्रकार समाजको ११ औं स्थापना दिवसको अवसरमा सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका पत्रकार कौशिला कुँवरलाई पुरस्कृत गरिएको छ । सिजेएनकी सदस्य कुँवरले सहकारी क्षेत्रमा रचनात्मक कलम चलाएवापत पुरस्कृत गरिएको हो । त्यस्तै सिजऐन संस्थापक सम्मानबाट संस्थापक कोषाध्यक्ष सीता पोखरेललाई सम्मान गरिएको थियो ।

वि.सं.२०७८ भदौ २० आइतवार ११:२९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...