back
NMB ad

बैंकिङ्ग कसूर मुद्दामा फरार व्यक्ति पक्राउ, साढे १३ लाख जरिवाना र ७ दिन कैद सजाय हुने

Kumari bank ad

काठमाडौं । केन्द्रीय अनुसन्धा ब्यूरो(सीआईबी)ले बैंकिङ्ग कसूर मुद्दामा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ । सीआईबीले नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का ६५ बर्षीय शिवराम गजुरेललाई पक्राउ गरेको हो ।

उनी हाल काठमाडौं महानगरपापलिका वडा नम्बर १६ माछापोखरीमा बस्दै आएका थिए । गजुरेलले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी चेक काटेर दिएका थिए ।

उनलाई उच्च अदालत पाटनले असार २८ गते बैंकिङ कसूरजन्य अपराध ठहर गरि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र १३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

उनलाई आजै (भदौ २१ गते) बालाजु शेषमतीपुलबाट पक्राउ गरि फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

वि.सं.२०७८ भदौ २१ सोमवार १३:२० मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...