back
NMB ad

अध्ययन गर्न विदेश गएका ५ सय कर्मचारी बेपत्ता !

Kumari bank ad

काठमाडौं । सरकारी सुविधामा लाखौं रुपैयाँ खर्चेर अध्ययनका लागि विदेश गएका निजामती कर्मचारी अध्ययन सकेपछि उत्तै वेपत्ता हुने क्रम बढ्दै गएको छ ।

सरकारी ऐन नियमको ठाडो उल्लंघन गरी विदेश गएका पाँच सयभन्दा बढी कर्मचारी उत्तै वेपत्ता भएका छन् । त्यसरी वेपत्ता हुने कर्मचारीको खोजी गरी उनीहरुलाई कारबाही गर्न सरकार असफल भएको छ ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार लामो समयदेखि विभिन्न देशमा अध्ययन गर्न गई उतै वेपत्ता भएका सरकारी कर्मचारीको संख्या पाँस सयभन्दा बढी रहेको छ ।

विदेश अध्ययन गर्न गएर वेपत्ता भएका कर्मचारीलाई सरकारले निजामी सेवा एनको ४० घ अनुसार कारबाही गर्न सक्ने प्रावधान छ । तर, सरकारी निकायसँग त्यस्ता कर्मचारीको कुनै रेकर्ड राखी कारबाही गर्ने जिम्मेवारी पाएको सामान्य प्रशासन मन्त्रलय आफैं वेखबर छ ।

सामान्य प्रशासन मन्त्रालयले केही समयअघि मात्रै विदेश अध्ययनका लागि गएर उतै वेपत्ता भएका कर्मचारीको खोजी गर्न विभिन्न सर्च टोली बनाएको थियो । तर ती सर्च टोलीले कुने सफलता पाउन सकेनन् । अधिकांश मन्त्रालय तथा निकायले वेपत्ता भएका आफ्ना मातहतका कर्मचारीको जानकारी नदिएर सामान्य प्रशासन मन्त्रालयको सर्च टोलीलाई असहयोग गरेपछि कर्मचारी खोज्ने सरकारी प्रयास असफल भएको हो ।

सामान्य प्रशासन मन्त्रालयको अध्ययन अनुसार नर्वेलगायतका युरोपियन देश, अमेरिका, अस्ट्रेलिया र जापानमा अध्ययनका लागि जने कर्मचारी अध्ध्यन सकेपछि नेपाल र्फकनुको साटो उतै बस्ने गरेका छन् । विशेषगरी कृषि, वन र सिँचाइ मन्त्रालयका प्राविधिकहरु वेपत्ता हुने गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ जेठ ३२

वि.सं.२०७३ जेठ ३२ मंगलवार १०:२९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...