back
NMB ad

खडेरीले २७ लाख जनता भोकमरीको चपेटामा, खाद्यान्नको मूल्य आकासिँदै

Kumari bank ad
केन्या । संयुक्त राष्ट्रसङ्घ मानवीय मामिला सङ्कटकाल व्यवस्थापन शाखा प्रमुखले केन्या खडेरीबाट आक्रान्त बनेको र यसबाट करिब २७ लाख मानिसमा खाद्यान्न र पिउने पानीसमेतको सङ्कट आएको भन्दै विश्व समुदायलाई सहयोगका लागि आग्रह गरेका छन्।
राष्ट्र सङ्घीय उक्त संस्थाका प्रमुख स्टेफेन ओ ब्रेइनले शनिबार नैरोवीमा एक विज्ञप्ति जारी गर्दै विश्वले केन्यामा खडेरीबाट आक्रान्त बनेका केन्याली तथा अफ्रिकी क्षेत्रका जनताको जीवन सुरक्षाका राहतका लागि विशेष पहल गर्न आग्रह गरे।
“खडेरीका कारण दक्षिण सुडान, सोमालियालगायतका केही अफ्रिकी मुलुकमा यस दशकमा दोस्रोपटक जीवन नराम्ररी प्रभावित बनेको र केन्यामा करिब २७ लाख मानिस चरम खाद्यान्न अभावका कारण प्रभावित बनेका छन्”, ओब्रोइनले विज्ञप्तिमा भनेका छन्।

“बाली उत्पादनमा ठूलो ह्रास आएको छ र खाद्यान्नको मूल्यले आकास छोएपछि केन्याली जनता भोकभोकै दिन बिताउनुपर्ने अवस्थाबाट गुज्रिन पुगेका छन्”, उनले भने।पूर्वी अफ्रिकालाई फेरि भोकमरी र रोगब्याधीले सताएकोले यो सङ्कटलाई यथासम्भव छिट्टै टार्नुपर्ने देखिएको ओब्रेइनले बताए।

शुक्रबार केन्याको खडेरीबाट सबैभन्दा प्रभावित क्षेत्रको भ्रमण गर्नुभएपछि स्थानीय समस्याबारे नैरोवीमा बोल्दै आफूले केन्यालगायतका अफ्रिकी मुलुकका ग्रामीण क्षेत्रमा खडेरीको खतरनाक असर देखेको बताउँदै यस क्षेत्रका प्रभावित जनसङ्ख्यालाई लक्षित गरी छिट्टै अन्तर्राष्ट्रिय सहयोग उपलब्ध गराउने पहलका लागि विश्व समुदायसँग आग्रह गरे।

अफ्रिकी यी मुलुकमा लगातार खडेरीले यो वर्षसहित तेस्रो वर्ष प्रभावित तुल्याउँदा स्थानीयमा निराश छाएको र रोगबाट ठूलो जनसङ्ख्या प्रभावित भइरहेको छ ।
सन् २०१६ मा केन्या, सोमालिया इथियोपिया जस्ता मुलुकका केही ग्रामीण बस्तीमा डेङ्गु, झाडा पखाला,हैजा र दादुरालगायतका रोगको प्रकोपसमेत बढेको र यसबाट सयौँ मानिसले ज्यान गुमाएका थिए ।   केन्याका ४७ काउन्टीमध्ये पछिल्ला दिनमा आधाभन्दा बढी खडेरीबाट सङ्कटपूर्ण अवस्थामा पुगेका छन् ।
२३ फागुन २०७३, रासस/सिन्ह्वा , ११।००

वि.सं.२०७३ फागुन २३ सोमवार ११:२७ मा प्रकाशित

You can share this post!

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...