Logo

के तपाई आफ्नै व्यवसाय गर्न चाहनुहुन्छ ? यो मौका सुनौलो हुन सक्छ

काठमाण्डौं । उद्यमशिलता विकासका लागि समर्पित अनलाइन प्लाटफर्म स्टार्टअप्स नेपालले व्यवसाय गर्न इच्छुक व्यक्तिहरुका लागि अवसर ल्याएको छ । यसका लागि स्टार्टअप्स नेपालले सीपमूलक कार्यक्रम महिला केन्द्रित संस्करण उद्यमी सीड् क्यम्प् आयोजना गर्ने भएको हो ।

पाँच दिने उक्त कार्यक्रममा नव उद्यमीहरूले व्यवसाय निर्माणको बारेमा सिक्न, नेटवर्किंङ गर्न र आफ्नो उद्यमको सुरुवात गर्न आवश्यक लगानी सुरक्षित गर्ने सहयोग पुग्ने बताइएकोछ ।

कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिने अन्तिम मिति १५ अप्रिलसम्म रहेको स्टार्टअप्स नेपालले जनाएकोछ । कार्यक्रम २१ अप्रिल देखि २५ अप्रिलसम्म हुनेछ ।

स्टार्टअप्स नेपालले व्यवसायिक विचार बुनेका समूहहरुको खोजी गरी उनीहरुलाई आवश्यक ऊर्जा, वित्त सहयोग र बजार बिस्तारको अवसर दिई सोचमा निखार ल्याउने र व्यापार सुरुवात गर्न सहयोग पुर्र्याउँदै आइरहेकोछ ।

६ चैत २०७३, १।००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com