Logo

गण्डकी विकास बैंकको सेयर हुनेले पाउँदैछन् २५ प्रतिशत हकप्रको यो अवसर

काठमाडौँ । गण्डकी विकास बैकले हकप्रद सेयर जारी गर्ने अनुमती प्राप्त गरेको । धितोपत्र बोर्डले बैंकलाई ४६ लाख ९ हजार ८१५ कित्ता सेयर विक्री गर्न अनुमति दिएको छ । चुक्ता पूँजीको २५ प्रतिशत अर्थात चार बराबर एक कित्ताको अनुपातमा सेयर जारी गर्ने तयारी सो बैंकले गरेको छ ।

फेवासँग मर्जपछि बैंकको चुक्ता पूँजी एक अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ पुगेको छ । हकप्रद सेयर पश्चात वैकको चुक्ता पूँजी दुई अर्व ३० करोड रुपैयाँ पुग्नेछ ।

बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

फेवा विकास बैंकसँग मर्ज भएको बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा ५ करोड ३९ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७० पैसा कायम गरेको छ ।

प्रकाशित मिति ः ५ मंसिर २०७४

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com