Logo

सर्किट ब्रेक लाग्दै ३११ रुपैयाँमा पुग्यो तामाकोशी सेयर, आजै बिक्री गर्दा पनि तीन गुणा फाइदा

काठमाडौं । माथिल्लो तामाकोशीको सेयर सर्किट ब्रेक लाग्दै प्रतिकित्ता ३११ रुपैयाँसम्ममा कारोबार हुन पुगेको छ । उक्त कम्पनीको सेयर आइपिओ पर्नेलाई तीन गुणा भन्दा बढी फाइदा भएको छ ।
१० कित्ता पर्नेले आइपिओमा १ हजार रुपैयाँ तिर्नु परेको थियो । अहिले त्यती नै कित्ता बेच्दा ३ हजार ११ रुपैयाँ लगानीकर्ताले पाउने भएका छन् । लागानीकर्ता सेयर किन्दा राखेको रकम कटाएर चोख्खो २ हजार भन्दा बढी फाइदा भएको हो । अन्यत्र तीन गुणा फाइदा गर्नलाई बर्षौ कुर्नु पर्ने हुन्छ । तर, तामाकोशीको सेयर भर्नेले तीन महिना नहुँदै तेब्बर आम्दानी गरेका हुन् । उक्त कम्पनीको सेयर यस अघिको आइतबाट कारोबार भएको हो ।
तामाकोशीको सेयर प्रतिकित्ता २२४ रुपैयाँमा कारोबार भएको गत साताको अन्तिम कारोबार बिहीबारका दिन ३११ रुपैयाँसम्म पुगेको छ ।
माथिल्लो तामाकोशीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।

२०७५ माघ ६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com