Logo

मुलुकमा पर्यटन विश्वविद्यालय स्थापना गरिने

काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकमा पर्यटन विश्वविद्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

शुक्रबार नेपाल ट्रेकिङ एशोसिएशन (टान) को ४१ औ साधारण सभामा त्यसको लागि विधेयक तयार भइसकेको मन्त्री भट्टराईले बताउनुभयो ।

‘पर्यटन क्षेत्रको दीगो विकासको लागि त्यस सम्बन्धित छुट्टै विश्वविद्यालय नै आवश्यक छ’ उहाँले भन्नुभयो, ‘हामीले त्यो आवश्यकता महशुस गरेर पर्यटन विश्व विद्यालय खोल्ने योजना बनायौ । पर्यटन विश्वविद्यालय स्थापनाको लागि विधेयक ड्राफ्ट भइसकेको छ ।’

पर्यटन विकासको लागि मन्त्रालयमा सम्बन्धित पक्षसँग नियमित छलफल गरिने उल्लेख गर्नुभयो । ‘पर्यटक विकासको लागि यससँग सम्बन्धित सबैसँग परामशए र सुभलावज आवश्यक छ’ उहाँले भन्नुभयो ।

‘त्यसको लागि मन्त्रालयले टान, नाटा, हान लगायत सबै प्षसग नियमित छलफल गर्ने योजना बजनाइरहेको छ । पर्यटन मन्त्रालयले अब सबै प्षसँग नियमित छलफल गर्नेछ ।’

२०७६ भदौ २० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com