back
NMB ad

दशैं भत्ता र तलब नपाएपछि कर्मचारीले काम छोडे, ११ दिनदेखि खानेपानी बन्द

Kumari bank ad

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीका ६ सय परिवारले झण्डै ३४ वर्ष पहिलेदेखि प्रयोग गर्दै आएको छिस्ती खानेपानी आयोजना बन्द भएको छ ।

दशैं भत्ता र मासिक पारिश्रमिक रोकिएको भन्दै कर्मचारीले काम छोडेपछि खानेपानी बन्द भएको हो । आयोजनामा काम गर्दै आएका पाँचजना कर्मचारीले पछिल्लो दुई महिनाको पारिश्रमिक र वर्षे्नि खाईपाई आएको दशैं भत्ता पाएका छैनन ।

११ दिनदेखि खानेपानी बन्द भएपछि वडा कार्यालय र उपभोक्ता स्वयंले समेत समस्या समाधानका लागि राखेका बैठकहरुमा राजनीतिक एजेण्डा हाबी भएपछि खानेपानी आपूर्ति गर्न असहज भएको स्थानीयले बताए ।

चाडवाडमा तलब नआएपछि काम छाड्यौं ‘योजना सुरु भएदेखि नै मैले काम गर्दै आएको छु, हरेक दुई महिनामा तलब र दशैंमा भत्ता आउँथ्यो’ आयोजनाका कर्मचारी ढाकाबहादुर थापाले भने ‘न धेरै छ अलिअलि भएको तलब पनि चाडवाडमा नपाएपछि हामीले काम छोड्यौं।’

कर्मचारीले तलब भत्ता नपाएकै कारण काम छोड्दा साविकको छिस्ती गाविसका ५, ६ र ७ नम्बर वडाका उपभोक्ता खानेपानीबाट बञ्चित भएका छन्। उनीहरुले घण्टौं यात्रा गरेर कुवा र पोखरीको पानीले ११ दिनदेखि काम टार्दै आएका छन ।

२०६४ सालदेखि खानेपानीको व्यवस्थापन गर्दै आएको समितिले गत भदौ ३ गते बैठक बसेर आयोजनाको व्यवस्थापनको काम गर्न नसकेको भन्दै वडा कार्यालयलाई जिम्मेबारी दिने निर्णय गरेको थियो ।

समितिले सर्वसम्मत रुपमा गरेको निर्णयसहितको पत्र वडा अध्यक्षलाई पठाएर काम छोडेको समितिका अध्यक्ष दिलबहादुर श्रीषले बताए ।

उठेको पैसाले तलब दिन पुग्दैन ‘हामीले काम गर्न सक्दैनौँ व्यवस्थापन गर्नु भनेर वडालाई पठाएका हौं’ श्रीषले भने ‘काम छोडेपछि तलब भत्ता भर्न हाम्रो अधिकार रहेन, अधिकार भए पनि दिने स्रोत छैन।’

६ सय घरले प्रयोग गर्ने १ सय २१ धाराबाट उठ्ने रकमले कर्मचारीको तलबसमेत भर्न कठिन भएपछि उपभोक्ता समितिले आयोजना वडाको जिम्मा लगाउने निर्णय गरेको उनले बताए ।

‘शुल्कले पुग्दैन अरू स्रोत छैन, मूल्य बढाउन दिएनन’ श्रीषले टेलिफोनमा भने ‘सामान्य मर्मत गर्न समेत कसैले सहयोग नगरेपछि जिम्मा लगाएका हौं ।’

झण्डै ९ किलोमिटर टाढा रहेको मुहानबाट पानी ल्याईएको उक्त आयोजनामा सधैंजसोः पाईप फुट्ने, पहिरोले बगाउने लगायतका समस्या आउने गरेका छन । थाहा खबर डटकममा खबर छ ।

बरेङ गाउँपालिकाको धुल्लुबास्कोटमा रहेको झुलेखोलाको मुहानबाट छिस्तीमा खानेपानी ल्याईएको छ ।  साविकको वडा नं ५, ६ र ७ का उपभोक्ताहरुले लामो समयदेखि पानीको महशुल नतिरेका कारण समिति संकटमा परेको थियो । अध्यक्ष श्रीषका अनुसार तीन वडाबाट झण्डै ८० हजार रुपैयाँ शुल्क उठ्न बाँकी रहेको छ ।

यता, वडा कार्यालयले भने उपभोक्ता समितिको गैरजिम्मेवारका कारण खानेपानी रोकिएको जनाएको छ । ‘उहाँहरुले काम नगर्ने हो भने भेला बोलाएर समिति पुनर्गठन गर्ने हो, हामीलाई बुझाउने होईन’ वडा अध्यक्ष बिजय अधिकारीले भने ‘समितिले जिम्मेबार व्यवहार नगर्दा समस्या आयो ।’

सर्वदलीय बैठकमा बखेडा पानी बन्द भएपछि सर्वदलीय बैठक बोलाएर समस्या समाधानको पहल गरेको भए पनि कांग्रेस बाहेकका अन्य दलले राजनीतिक बखेडा झिकेको अधिकारीको आरोप छ ।

उपभोक्ता समितिले भने वडाले जिम्मेबारी लिएर तत्काल पानी आपूर्ति गर्नुपर्ने बताउँदै आएको छ। गाउँमा जथाभावी खनिएका सडक र प्राकृतिक बिपत्तिको शिकार बन्दै आएको आयोजनाको अहिले पनि ठाउँ–ठाउँमा पाइपलाइन फुटेको आयोजनाका कर्मचारी बताउँछन ।

‘भीरको पातमा परान राखेर काम गरिएको थियो’ पुराना कर्मचारी थापाले भने, ‘अहिले पनि समस्या धेरै छन्, छाकै नटरेपछि काममा गइएन ।’ प्रधानमन्त्री मरिचमानका पालाको आयोजना २०४२ सालमा सञ्चालनमा आएको यो योजना तत्कालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठले उद्घाटन गरेका थिए ।

२०५५ सालसम्म नेपाल सरकार मातहतमा सञ्चालन हुँदै आएको यो योजना त्यसपश्चात् उपभोक्ता समितिमा हस्तान्तरण भएको थियो ।

बिजुलीमा हस्ताक्षेप, पानीमा अफ्ठेरो सोही क्षेत्रमा सञ्चालनमा रहेको सामुदायिक विद्युतीकरणमा वडा कार्यालयले हस्तक्षेप गरेपछि त्यसको प्रभाव खानेपानीमा परेको स्थानीय बताउँछन ।

सामुदायिक विद्युतीकरणका लागि बनेको समितिमा विवाद भएपछि वडा अध्यक्षले अर्को समिति नबन्दा सम्मका लागि वडा कार्यालय मातहतमा रहनेगरी काम अघि बढाएका थिए ।

‘विद्युतमा उहाँले हस्तक्षेप गरेपछि पानीको समस्या आएको हो’ स्रोत भन्छ ‘समस्या भएका ठाउँ नहेर्ने र समस्या नरहेका ठाउँमा हस्तक्षेप गर्दा समस्या आयो।’ विद्युत, खानेपानी जस्ता अत्यावश्यक वस्तुहरुमा राजनीतिक रंग लगाउँदा समस्या पैदा भएको स्थानीय कुलबहादुर पुन बताउँछन ।

छिस्तीमा सडक र्पुयाउँदाको समयमा लिएको ऋणका विषयमा पनि वडा अध्यक्षसहित उनको दल र अरू राजनीतिक दलको बीचमा विवाद रहेको छ ।

केही महिना पहिला भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय भोजराज शर्माले वडा अध्यक्षले एकलौटी गर्न खोजेको आरोप लगाएका थिए।

‘आफ्नो भन्नेलाई शीर्षक मिलाएर रकम दिने हामीलाई पाखा लगाउने’ कार्यक्रममा शर्माले भनेका थिए ‘यस्तै गर्ने हो भने वडाका काममा हामीले कसरी सघाउनु।’ भोजराजले भनेको जस्तै पानीको विषय भजाएर अरू शीर्षकमा सम्झौता गर्न बाध्य बनाउन खोजेको आरोप वडा अध्यक्ष अधिकारीले लगाए।

उनले सामुदायिक विद्युतीकरणको ट्रन्सफर्मर बिग्रिएपछि ऋण काडेर परिवर्तन गरेको बताए। ‘सर्वदलीय बैठक राखेर सबैको सल्लाहकै आधारमा सहकारीबाट ऋण खोजेर ट्रान्सफर्मर किनेको हो’ अधिकारीले भने ‘बिजुलीको कुरा पानीमा जानु हुँदैन।’

२०७६ कात्तिक १६ गते प्रकाशित

 

वि.सं.२०७६ कात्तिक १६ शनिवार १३:५८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...