Logo

फरवार्डले दिनेभयो शेयरधनीलाई ३५.५% बोनस र १२.५०% नगद लाभांश

काठमाडौं । गत वर्ष ३१ करोड नाफा कमाएको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले बम्पर लाभांश घोषणा गरेको छ । चालु आर्थिक वर्षमा उसले शेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । घोषित लाभांशमा १२.५० प्रतिशत नगद लाभांश र ३५.५० प्रतिशत बोनस शेयर दिने छ ।

सुनसरीको दुहबी मुख्य कार्यालय भइ राष्ट्र बैंकबाट ’घ’ वर्गको इजाजत पाएको संस्थाको हाल चुक्ता पूँजी ३७ करोड ७६ लाख रूपैयाँ छ भने जगेडा कोषमा ८८ करोड रूपैयाँ छ ।

उसको जगेडा कोष मजबुत छ । प्रतिशेयर आम्दानी ८२ रूपैयाँ १९ पैसा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ ३ सय ३३ रूपैयाँ ५ पैसा छ । लाभांस घोषणापछि शेयर मूल्य २० रुपैयाँभन्दा माथिले बढेको छ।

२०७६ मंसिर १६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com