back
NMB ad

प्रदेश सरकार सञ्चालनका लागि खटिए कर्मचारी

Kumari bank ad

काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले प्रदेशसभा र प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कर्मचारी खटाउने कार्य जारी राखेको छ ।

सातैवटै प्रदेशमा प्रदेशसभाको बैठक बस्न थालेकाले आवश्यक कर्मचारी खटाउन थालिएको हो । मन्त्रालयले अहिलेसम्म करिब पाँच सय कर्मचारी खटाइसकेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानले जानकारी दिए ।

खटिएकामध्ये चार सय प्रशासन र सय जना प्राविधिक तर्फका कर्मचारी रहेका छन् । मन्त्रालयले कर्मचारी समायोजन नहुँदासम्म अन्तरिम व्यवस्थाका लागि ती कर्मचारी खटाएको हो । कर्मचारी समायोजन भएपछि भने नयाँ कर्मचारी जानेछन् ।

“हामीले आवश्यक कर्मचारी दिनदिनै खटाइरहेका छौ” उनले भने –“कर्मचारीलाई आवश्यक हेरेर पटक ÷पटक खटाइएको छ ।’’ मन्त्रालयले प्रत्येक प्रदेशसभामा मुख्यमन्त्रीको कार्यालयका लागि २९ का दरले र मन्त्रालयमा २५÷२९ जनाका दरले कर्मचारी खटाउने भएको छ ।

उनका अनुसार प्रदेश सरकार सञ्चालनका लागि एक हजार ७७८ कर्मचारी आवश्यक छ । अझै करिब एक हजार दुई सय कर्मचारी प्रदेश सरकारमा खटाउन बाँकी छ । उनले अपुग कर्मचारीलाई आवश्यकता अनुसार दिनदिनै खटाइरहेको जानकारी दिए ।

प्रदेश प्रमुखको कार्यालयमा सचिव र मुख्यमन्त्रीको कार्यालयमा सहसचिवको नेतृत्वमा कर्मचारी टोली खटिएको छ । मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत नवराज जैसीले प्रत्येक प्रदेशमा तीन जनाका दरले सहसचिव, ६ जनाको दरले उपसचिव र १० जनाका दरले शाखा अधिकृत खटिएको जानकारी दिए ।

२०७४ माघ १७ गते प्रकाशित

वि.सं.२०७४ माघ १७ बुधवार १५:२८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...