back
NMB ad

एक अर्ब ३७ करोड लगानीमा निर्माण हुने खोरुंगा जलविद्युत्को आधा काम सकियो

Kumari bank ad

तेह्रथुम । साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजना निर्माणको कामले गति लिएको छ । तोकिएको म्यादभन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको र अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भएको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले जनाएको छ ।

आयोजनास्थल मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङमा आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ । प्रवद्र्धक कम्पनी तेह्रथुम पावर कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगीले आयोजनाको निर्माणस्थलमा इन्टेक, पाइपलाइन एक्जावेसन, पानीट्यांकी सोलिङ, कनेक्टिङ प्यानल र पावरहाउसका लागि भवन निर्माणलगायत काम तीव्र गतिमा भइरहेको बताउनुभयो ।

रु एक अर्ब ३७ करोड लगानीमा निर्माण हुने आयोजना निर्माणको काम धौलागिरि र खड्काकृष्ण जेबी कन्सट्रक्सनले जिम्मा लिएका छन् । प्रवद्र्धक कम्पनीको शनिबार काठमाडौँमा भएको विशेष साधारणसभामा प्रबन्धक सञ्चालक डाँगीले अहिलेसम्मको प्रगति सार्वजनिक गर्दै म्यादभन्दा अगावै काम सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी गराउनुभयो । २०७६ को पुस १ सम्ममा काम सम्पन्न गर्ने म्याद भए पनि २०७६ को असारमै काम सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको उहाँको भनाइ थियो ।

साधारणसभामा तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी, पूर्वमन्त्री पर्शुराम खापुङ, पूर्वराज्यमन्त्री सीता गुरुङलगायतले आयोजनालाई शीघ्ररुपमा सम्पन्न गर्न सुझाव दिनुभयो । जिल्लावासीको लगानीमा बन्ने उक्त आयोजनाको काम शुरु भएसँगै स्थानीयले रोजगारीसमेत पाएका छन् । आयोजना निर्माणका लागि माछापुच्छ«े बैंक, नेपाल बंगलादेश बैंक र जनता बंैकले रु एक अर्ब लगानी गर्ने भएपछि काम भइरहेकोे कम्पनीका अध्यक्ष भुपतिलाल श्रेष्ठले बताउनुभयो ।

आयोजनाका लागि श्रीजुङस्थित मुहानबाट करीब चार किमी लामो पाइपमार्फत पानी ल्याउने तयारी छ । अहिले मुहान र आयोजनास्थल दुवै स्थानमा काम भइरहेको छ । त्यसरी ल्याएको पानी साविक मोराहाङ–४ स्थित पावरहाउसको करीब तीन सय मिटर माथिबाट तल झारेर विद्युत् उत्पादन गरिनेछ । रासस

२०७५ साउन २० गते प्रकाशित

वि.सं.२०७५ साउन २० आइतवार ११:३७ मा प्रकाशित

You can share this post!

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....