back
NMB ad

निजगढ विमानस्थलबारे जायज सुझावको सम्मान गर्छौ – मन्त्री बस्नेत

Kumari bank ad

काठमाडौँ , । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारेका सकारात्मक चासोको सम्मान गर्दै कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल निर्माण गरेरै छाड्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उहाँले विमानस्थल निर्माणबारे केहीले सकारात्मक चिन्ता जाहेर गरेको भए पनि केहीले स्थानीय स्वार्थ र राजनीतिक स्वार्थका आधारमा बहस चलाएको टिप्पणी गर्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “न्यून वातावरणीय क्षतिमा विमानस्थल बन्नुपर्छ, यससम्बन्धी सकारात्मक चासो, चिन्ता र जिम्मेवारीबोधसहित जैविक विविधताको संरक्षणबारे उठाइएका सवाललाई सरकारले उचित सम्मान तथा सम्बोधन गर्छ ।” विकास र वातावरणलाई एकअर्काका विरोधीका रूपमा नभई पूरकका रूपमा अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

झण्डै ४५ प्रतिशत वन क्षेत्र भएपनि काठको आयात हुनु विडम्बना भएको उल्लेख गर्दै मन्त्री बस्नेतले मुलुकलाई काठमा आत्मनिर्भर बनाई निर्याततर्फको योजना अघि बढाएको अवगत गराउनुभयो । उहाँले वनको दिगो व्यवस्थापन, ढलापडा काठको प्रभावकारी उपयोग र निजी वनबाट उत्पादित काठको ओसारपसारमा कानूनी सहजता अपनाएर काठको आयात निरुत्साहित गर्ने बताउनुभयो ।

बैठकमा वन सचिव डा विश्वनाथ ओलीले मन्त्रालय र मातहातका निकायका गतिविधि एवं योजनाका बारेमा जानकारी गराउँदै प्राकृतिक स्रोत साधनको उपयोग र संरक्षण सँगसँगै गर्ने मन्त्रालयको नीति रहेको बताउनुभयो । समिति सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा भएको बैठकमा सांसदहरू शान्तिमाया तामाङ, सत्यनारायण शर्मा, शान्ता चौधरी, भूमी त्रिपाठी, सीतादेवी यादव, राधा ज्ञवाली, दलबहादुर रानालगायतले मन्त्रालयका कामकारवाहीका सम्बन्धमा जिज्ञासा राख्नुभएको थियो । रासस

२०७५ असोज १० गते प्रकाशित

वि.सं.२०७५ असोज १० बुधवार १६:४१ मा प्रकाशित

You can share this post!

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...