back
NMB ad

मेयरले भेटे बेवारिसे झोलामा १ लाख नगद र पाँच लाख ४० हजारको चेक

Kumari bank ad

काठमाडौं । बैतडीको सिगास गाउँपालिका नजिक सडकको छेउमा बेवारिसे झोलामा एक लाख रुपैयाँ, पाँच लाख ४० हजार रुपैयाँको चेक र अन्य प्रमाणपत्रहरु भेटिएको छ ।

मंगलबार बझाङबाट धनगढी जाने क्रममा जयपृथ्वी नगरपालिका बझाङका मेयर वीरेन्द्र खडकाको टोलीले बेवारिसे झोलामा उक्त रकम भेटाएको हो । उक्त झोला भित्र बझाङको साविकको देउलीकोट गाविस ५ का राइभान बोहराका २४ वर्षीय छोरा बसन्त बोहराको नागरिकता पनि भेटिएको मेयर खडकाले जानकारी दिनुभयो ।

सडकको छेउमै कालो झोला खसेको देख्दा बसको छतबाट खसेको हुनसक्ने भन्दै झोला समातेको तर खोलेर हेर्दा उक्त रकम र नागरिकताका प्रमाणपत्र भेटिएको उहाँको भनाइ छ । यो समाचार नयाँ पत्रिको अनलाइनमा प्रकाशित भएको छ ।

बसन्त बोहरालाई चिन्ने जो कोहीले जयपृथ्वी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनक बहादुर सिंहको मोवाइल नम्बर ९८४८४३६१३८ र मेयर खडका मोवाइल नम्बर ९७४११९५७२५मा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

२०७६ साउन २२ गते प्रकाशित

वि.सं.२०७६ साउन २२ बुधवार १२:५२ मा प्रकाशित

You can share this post!

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...