back
NMB ad

अबदेखि यात्रुलाई उभ्याएर यात्रा गराउन नपाउने, के हुन्छ कारवाही ? यस्तो बन्यो नयाँ नीति

Kumari bank ad

काठमाडौं । अबदेखि साना सार्वजनिक सवारीसाधनले यात्रुलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन । माईक्रो बस, मिनिबस, ट्याम्पो लगायतका साना भाडाका सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएका हुन् । ठूला बसहरुले पनि यात्रुहरुलाई खचाखच हुने गरी उभ्याउने पाउने छैनन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले छिट्टै लागु गर्ने गरी तयारी भैरहेको जानकारी दिएका छन् । उनले यात्रुको अधिकारलाई स्थापित गर्न र सार्वजनिक सवारीसाधन सुधार गर्न यो नीति ल्याउने लागिएको बताए ।

यो नीति लागु भएपछि यात्रुहरुलाई उभ्याएमा ट्राफिक प्रहरीले १ हजार ५ सय सम्म जरिवाना गर्न सक्नेछ ।ठूला बसहरुले केही यात्रुहरुलाई मात्रै सहज हुने गरी उभ्याएर यात्रा गराउन पाउने छ ।

विभागका अनुसार विहान र बेलुकी यात्रुहरुको अत्यधिक चाप हुने भएकाले ठूला बसमा केहीलाई सहज हुने गरी उभ्याएर पनि यात्रा गराउन दिन लागिएको हो ।

यो नियम तत्कालका लागि उपत्यकाभित्र लागु गर्न लागिएको हो । पहिलो चरणमा शहरी क्षेत्रलाई लक्षित गर्ने दोस्रो चरणमा देशैभर लागु गर्ने तयारी छ ।

उपत्यका बढ्दो जामको समस्या समाधानका लागि विभागले अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने तयारी गरेको छ । त्यसका लागि अध्ययन कमिटी बनाएर अध्ययन सुरु गरेको महानिर्देशक हमालले जानकारी दिए ।

वान वे बनाउने, पार्किङ स्थल तथा अन्य विषय अल्पकालीन योजनामा अध्ययन हुनेछ भने दीर्घकालीनमा पूर्वाधार निर्माणसम्मको अध्ययन हुनेछ । अध्ययन कमिटीले अहिले सडक विभाग लगायतका निकायसँग मिलेर आवश्यक फाईल अध्ययन गरिरहेको छ ।

केही महिनामै उक्त प्रतिवेदन तयार हुनेछ। अल्पकालीन योजना तत्कालै कार्यान्वयन हुनेछ भने दीर्घकालीन विस्तारै लागु गर्दै लगिने पनि हमालले बताए ।

२०७६ कात्तिक २६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १०:५२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...