back
NMB ad

काम नगरी तलब खाँदै एक सय उपसचिव, शिक्षकलाई तलब खुवाउन भने महायज्ञ !

Kumari bank ad

काठमाडौं । समायोजनमा डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकामा खटाइएकी शिक्षा समूहकी उपसचिव सविता दंगाल समायोजन गरिएको ठाउँमा एकपटक पनि गइनन्। हाल उनी काठमाडौंमा छिन्।

काठमाडौंमै बसेर उपसचिवले पाउने सबै सेवासुविधा लिइरहेकी छिन्। उनले संघमा समायोजन हुन चाहे पनि समायोजनमा उनी डोल्पमा खटाइन ।

समायोजन गरिएको ठाउँमा नजान उनले गत चैत १२ मा सर्वोच्चमा मुद्दा दायर गरिन्। सर्वोच्चले दंगाललाई समायोजनामा खटाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फागुन ५ को निर्णय कार्यान्वयन नगर्न र समायोजनअघिकै कार्यालयमा यथावत रुपमा हाजिरी गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गर्यो ।

हाल दंगाल ठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा हाजिरी गर्ने गरेकी छिन्। सर्वोच्चमा मुद्दा दायर गरेका उपसचिवलाई सरकारले जिम्मेवारी दिएको छैन।

तर, सेवा सुविधा भने समायोजन हुनुअघिको कार्यालयबाट लिइरहेका छन्। शिक्षा समूहका २९ जना उपसचिवले यसरी नै काम नगरी तलबसुविधा लिइरहेको समाचार नागरिक दैनकिमा छ ।

सामान्य प्रशासन मन्त्रालयले फागुन ५ मा देशभर कार्यारत उपसचिवलाई एकैपटक समायोजन गरेको थियो। जसमा स्वास्थ्य सेवाबाहेक तीन हजार ६१९ उपसचिवलाई समायोजन गरिएको थियो ।

समायोजनपछि स्थानीय तहमा ८०२, प्रदेशमा एक जार ६२५ र संघमा तीन हजार २५४ उपसचिवको दरबन्दी संगठन तथा व्यवस्थापन ९ओएनएम० सर्भेमा कायम गरिएको छ ।

समायोजनमा स्थानीय तहमा खटाइएका उपसचिवमध्ये करिब १०० जना उपसचिवले भने समायोजको निर्णयविरुद्ध छुटुटाछुट्टै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

यो पनि  पढ्नुहोस्  : शिक्षकलाई तलब खुवाउने विकल्प नै महायज्ञ !

२०७६ कात्तिक २६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १०:३२ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...