back
NMB ad

के चीनले खोल्ला त नेपालमा बैंक ?

Kumari bank ad

काठमाण्डौं । उत्तरी छिमेकी देश चीनको केन्द्रीय बैंक र नेपाल राष्ट्र बैंकवीचको समझदारीमा चिनियाँ बैंकले नेपालमा शाखा खोल्नसक्ने संभावना बढेको छ । प्रधानमन्त्री केपी ओलीले गर्ने चीन भ्रमणको क्रममा दुबै देशका केन्द्रीय बैंकहरुले यससम्बन्धी सम्झौता गर्ने तयारी भएको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा जाने नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरन्जिवि नेपाल र चिनियाँ केन्द्रीय बैंकका प्रमुखबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर हुने भएको हो ।

चिनियाँ बैँकले नेपालमा शाखा खोलेमा यो नै नेपालमा शाखा खोल्ने पहिलो बिदेशी बैंक हुनेछ ।

नेपाल र चीनवीचको ब्यापारिक तथा आर्थिक कारोबार बढ्दै गएकाले चिनियाँ मुद्राको भुक्तानी तथा सटहीमा रहेका समस्या समाधान गर्ने, दुईदेशवीचको ब्यापारिक भुक्तानी तथा पर्यटन प्रबद्र्धनमा सघाउन र नेपालमा चिनियाँ लगानी भित्र्याउन यसबाट ठूलो सहयोग पुग्ने आशा गरिएको छ ।

चीनले नेपालमा ठूला आयोजना निर्माण तथा लगानी बिस्तार थालिसकेको अबस्थामा मेलम्ची ठेक्का बिबादमा नेपालका ठूला दुई बैंकको करोडौ फसेपछि नेपाली बैंकहरुले चिनियाँ कम्पनीहरुको काउन्टर ग्यारेन्टी बस्न मानेका छैनन् । चिनियाँ बैंकको आगमनले चिनियाँ कम्पनीहरुलाइृ परेको यस्तो अफ्ठेरो समाधान गर्न पनि सहयोग पुग्ने बताईएको छ । त्यसैगरी नेपाल आउने चिनियाँ पर्यटकहरुको संख्या बढ्दै गएको अबस्थामा उनीहरुले आफ्नै देशको बैंकसँग कारोबार गरी नेपालमा खर्च गर्नसक्ने भएकाले त्यसको लाभ पनि नेपालले उठाउँन सक्ने देखिन्छ । तातोपानी तथा रसुवा नाकाबाट नेपाली ब्यापारीहरुले गर्ने आयात निर्यातमा चिनियाँ बैंकको शाखाले धेरै सहजीकरण गर्नसक्ने संभावना छ ।

चीनले नेपालकै कुनै बाणिज्य बैंकमा लगानी गर्न चाहेको भए पनि नेपालकै अबस्थाले त्यो संभव नभएपछि आफ्नै देशको बैंक शाखा खोल्न चासो दिएको बुझिएको छ । नेपालको कृषि बिकास बैंकमा चाईना कन्ट्क्शन बैंक सीसीबीले बहुमत अर्थात ५१ प्रतिशत शेयर माग गरी रणनीतिक साझेदारी गर्न खोजे पनि त्यो प्रक्रिया बीचमै रोकिएको थियो ।

राजधानी दैनिक, ३ चैत २०७२ ८.००

वि.सं.२०७२ चैत ४ बिहीवार ११:०५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...