back
NMB ad

१५८० अंकमा झर्यो नेप्से,गुमाउनेमा को–को परे ?

Kumari bank ad

काठमाडौ । साताको अन्तिम कारोबार दिन सेयर बजार १८.३३ अंकले घटेर १५८०.०३ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १४७.१ अंकले घटेको छ ।1

केही दिनदेखि लगातार बढेर झन्डै अर्ब पुग्न लागेको कारोबार विहीबार ओरालो लागेको छ । दिनभरिमा १६० वटा कम्पनीको १५ लाख ७२ हजार ३२ कित्ता सेयर १० हजार चार सय ५९ पटक खरिदविक्री हुँदा ८४ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल कारोबारमध्ये, एनआईसी एसिया बैंकको छ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आरएसडीसी लघुवित्त र छिमेक लघुवित्तको पौने चार करोडको कारोबार भएको छ भने निर्धन उत्थान बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स र नविल बैंकको दुई करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ प्रोमोटर, सानिमा बैंक, प्राइम बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमका सेयरधनीले ९.९९५९ प्रतिशतका दरले आफ्नो सम्पत्ति गुमाउँदा भार्गव विकास बैंक, सेन्ट्रल फाइनान्स, पूर्णिमा विकास बैंक र वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले क्रमशः ६.०७, ५.८२, ५.३४ र ५ प्रतिशतका दरले गुमाएका छन् । हिमालयन पावर पार्टनर, सिनर्जी पावर, मिसन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।2

प्रकाशित मितिः२०७४ भदौ १५

वि.सं.२०७४ भदौ १५ बिहीवार १५:२८ मा प्रकाशित

You can share this post!

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...