back
NMB ad

जब मन्त्री नै सडकमा फोहोर टिप्दै हिँडे …

Kumari bank ad

काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंह बुधबार विहानै नागर्जुन नगरपालिका–१३ स्थित स्युचाटारका सडक र गल्लिमा फालिएका फोहार टिप्दै कुचो लिएर सडकमा निस्कँदा स्थानीयको भीड पनि मन्त्रीकै पछि पछि लस्करै देखिन्थे ।

स्थानीयबासीकै रुपमा अनौपचारिक पोसाकमा स्वास्थ्य राज्यमन्त्री मोहम्मद अफ्ताक आलम र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल पनि कुचो लिएर सडक तर्फ निस्किएका थिए । मन्त्रीको पछि पछि देखिएका स्थानीय बासी, महिला तथा बालबालिका घर आँगन सफा राखौं–सभ्य समाज निर्माण गरौं, हाम्रो नागर्जुन, राम्रो नागर्जुन भन्दै डष्टविन र कुचो लिएर निस्किए । टोल वरपर सडकमा देखिएका फोहोर संकलन गर्दै अव आइन्दा जथाभावी फोहोर नफाल्न सचेत गराए ।

DSC00876
१०६ औं श्रमिक महिला दिवसको अवसरलाई सामाजिक सभ्यताको रुपमा मनाउन लागिएको भन्दै तारकेश्वर खानेपानी तथा सरसफाई उपभोक्त समितिले सरसफाई अभियान शुरु गरेको हो ।

syuchatar sarsafai 3
सो अभियानको शुभारम्भ गर्दै मन्त्री सिंहले नेपालको संविधान ३५(४) ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको हक हुने भन्ने संवैधानिक अधिकार दिएको बताउँदै रचनात्मक र राम्रो कामको प्रशंसा गरे । मन्त्री सिंहले राम्रो काममा निरन्तरता दिन आग्रह गर्दै तारकेश्वर खानेपानीका निम्ति आवश्यक पर्ने सहयोगको लिखित निवेदन दिन आग्रह गरे । सिंहले भने तत्काल आवश्यक के हो र दिर्घ कालिन रुपमा आवश्यक के पर्छ लिखित रुपमा दिनुस् नेपाल सरकारको तर्फ बाट गर्न सक्ने सम्पुर्ण काम गर्ने बाचा गर्दछु ।

syuchatar sarsafai 1
सो अवसरमा स्वास्थ्य राज्मन्त्री आलमले आफु क्वाटरमा नबसी स्थानीयसंगै घुलमिल भएर स्युचाटारकै घरमा बसेको बताउँदै आफ्नो टोलमा स्वच्छ खानेपानीका निम्ति बजेट व्यवस्था गरिदिन मन्त्री समक्ष आग्रह गरे ।

syuchatar sarsafai 8

सो अवसरमा खानेपानी तथा सरसफाई उपभोक्त महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीको अभावमा वार्षिक दुई अर्वको क्षेति हुन्छ भने सरसफाईको अभावमा तथ्यांकले देखाएको बताए । पानी भन्दा पनि सरसफाई महत्वपुर्ण विषय भएको बताउँदै अर्यालले यस्तो अभियानहरुले निरनतरता पाउनु पर्ने बताए ।

syuchatar sarsafai 4

कार्यक्रममा उपभोक्त समितिका कार्यवहाक अध्यक्ष कृष्णहरि खत्रीले समितिको पहिलो काम स्वच्छ खानेपाली वितरण भए पनि संगसंगै जोडिएर आउने सरसफाईलाई छुट्याएर हेर्न नसकिने बताए । खत्रीले स्वस्थ र शिक्षित नागरिक विना समृद्ध देशको कल्पना गर्न नसक्ने बताउँदै विरामीको जड भनेको फोहोर र दुषित खानेपानी भएको बताए ।

syuchatar sarsafai 7
कार्यवाहक अध्यक्ष खत्रीले तारकेश्वर खानेपानी उपभोक्ता समितिले बोरिङबाट ९ सय घर धुरीलाई खाने पानी वितरण गर्दै आएको बताउँदै बाँकी ४ सय घर धुरीलाई अझै वितरण गर्न नसकेको बताए । बोरिङको पानी घट्दै गइरहेकोले मेलम्चीको पानी स्युचाटारसम्म पठाइदिन मनत्री समक्ष अनुरोध गरे ।

syuchatar sarsafai 11
खत्रीले तत्कालका लागि २ करोड ५ लाख रकम उपलव्ध गराइदिन अनुरोध गर्दै स्थानीयलाइई साक्षि राखेर मन्त्रीलाई ज्ञापन पत्र समेत हस्तान्तरण गरेका छन् ।

syuchatar sarsafai 11

syuchatar sarsafai 16

syuchatar sarsafai

syuchatar sarsafai 17

२६ फागुन २०७२ / १२:४४

वि.सं.२०७२ फागुन २६ बुधवार १३:०० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...