back

अमलटारी होमस्टेमा चहलपहल बढ्दै

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र नवलपरासिको बाघखोरमा सञ्चालित अमलटारी होमस्टेमा पर्यटकको चपा बढ्दै गएको छ। अमलटारीको बाघखोरमा थारु र बोटे समुदायका २१ घरमा होमस्टे सुविधा छ।
कावासोती नगरपालिका–१५ मा अबस्थित होमस्टे विसं ०७० जेठ ५ गते सुरु गरिएको थियो। ‘दिनदिनै पर्यटक बढिरहेका छन्’, सामुदायिक होमस्टेका अध्यक्ष प्रेम शंकर मर्दनिया थारु भन्छन्, ‘अहिलेसम्म करिब २१ हजार जनाले अमलटारीमा रात विताइसकेका छन्।’
तीनमा करिब एक हजार भन्दा बढी विदेशी छन्, बाँकी नेपाली हुन्। विदेशीमा अबमेरिका, थाइलेण्ड, अष्टे्रलिया, क्यानडा, चीन लगायत देशका छन्।
जैबिक विविधता संरक्षणसँगै आय आर्जन बढाउन होमस्टे सुरु गरिएको थियो। हरेकले दुई दुई कोठे होमस्टे भवन बनाएका छन्। होमस्टे सञ्चालकले मासिक १५ देखि ३० हजार रुपैयाँ आम्दानी गर्छन।
गाउँमा आइपुग्ने पर्यटकले थारु, बोटे र मुसहर संस्कृतिका साथै जंगल सफारी, बोटिङ र बयल गाडामा गाउँ भ्रमण गर्न पाउँछन्। पर्यटक बढ्दै गएकाले थप ४ वटा घरमा होमस्टेको तयारी भैरहेको छ।
सेप्टेम्बर २७ विश्व पर्यटन दिवसका अबसरमा सरकारले गाउँ गन्तव्य घोषणा गरेका तीन वटा गाउँ मध्ये अमलटारी एउटा हो। बाँकी दुई गाउँमा म्याग्दीको टोड्के र कास्कीको हयाङजाकोट छन्।
गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) नेपालको सिफारिसमा सरकारले गाउँ गन्तव्य घोषणा गरेको थियो। घोषणा भएकै दिन असोज १० गते भिटोफको समूह अमलटारी भ्रमणमा पुगेको थियो। भिटोफका महासचिव राजकुमार थापाको नेतृत्वमा गएको टोलीमा नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदी सहित पत्रकार थिए।
भिटोफ र बोर्डले अमलटारीको प्रचारमा सहयोग पुर्‍याउने थापा र सुवेदीले गाउँले माझ प्रतिबद्धता जनाए। एक रात बसेर फर्कने बेला गाउँलेले महासचिव थापालाई थारु कोसेलीले सम्मान गरेका थिए।
अमलटारी पुग्न बुटवल–नारायणगढ सडक खण्ड अर्न्तगत पर्ने कावासोती नगरपालिकाको डण्डा बजारबाट करिब १२ किमि भित्र जानु पर्छ।

वि.सं.२०७२ असोज १४ बिहीवार १७:२६ मा प्रकाशित

You can share this post!

४४ औं विश्व पर्यटन दिवसका अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

४४ औं विश्व पर्यटन दिवसका अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

वि.सं.२०८० असोज ८ सोमवार १४:३२

काठमाडौं। आन्तरिक पर्यटन प्रवद्र्धनको शिलशिलामा देशव्यापी ख्याती कमाएको सोसाइटी अफ...

नासा सेक्युरिटिजले घोषणा गर्यो लाभांश

नासा सेक्युरिटिजले घोषणा गर्यो लाभांश

वि.सं.२०८० असोज ८ सोमवार १४:२४

काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट लाभांश...

नगरसभा नहुँदा नगरपालिकाका अठार स्वास्थ्य संस्था औषधिविहीन   

नगरसभा नहुँदा नगरपालिकाका अठार स्वास्थ्य संस्था औषधिविहीन   

वि.सं.२०८० असोज ८ सोमवार १४:१६

पर्वत, ८ असोज : निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि...

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द   

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द   

वि.सं.२०८० असोज ८ सोमवार १४:०३

बैतडी, ८ असोज : भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे...

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

वि.सं.२०८० असोज ८ सोमवार १३:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ८ असोज : गलकोट नगरपालिका–५...

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

वि.सं.२०८० असोज ८ सोमवार १३:१८

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता...