back

नाका खुलाउन अनेरास्ववियुको टोली तातोपानी प्रस्थान

Nepal Bank
भूकम्पपछिको पहिरोका कारण अवरुद्ध कोदारी राजमार्गको तातोपानीखण्ड खुलाउने काममा श्रमदान गर्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री शङ्कर पोखरेलले प्रदर्शनीमार्गबाट अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतमलाई श्रमदानमा प्रयोग हुने औजार (सामग्री) हस्तान्तरण गरी टोलीलाई बिदाइ गरे।
नेता पोखरेलले तराई क्षेत्रमा आन्दोलन र भारतीय सीमामा अघोषित नाकाबन्दी भएका बेला उत्तरतर्फको नाका खुलाउन सहयोगी बन्नुले सङ्कटका बेला युवाहरू राष्ट्र निर्माण र स्वाभिमानको अभियानमा सामेल हुन्छन् भन्ने सन्देश दिएको बताए।
उनले आन्दोलन नभएका भैरहवा, काँकडभिट्टाजस्ता भारतीय सीमाबाट पनि पेट्रोलियम पदार्थलगायतका सामग्रीका सवारी साधन आउन नसक्नुले भारतीय पक्षको नियतमा प्रश्न उठेकाले यस्तो व्यवहार सच्चाएर भूपरिवेष्टित मुलुक नेपालको पारवहन अधिकार प्राप्तिमा अवरोधक नबन्न आग्रह गरे।
पोखरेलले भने – “यदि भूकम्पपछिको अवस्थामा भारतले नेपाललाई साँच्चै सहयोग गरेको हो भने अहिलेको व्यवहारले भूकम्पको घाउमा नुन छर्किएसरह भएको छ, यो व्यवहारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्राष्ट्रिय सम्बन्ध र छविमा समेत प्रतिकूल असर पर्ने र भारतीय अर्थतन्त्रमा पनि प्रभाव पर्ने कुरालाई हेक्का राख्न म आग्रह गर्दछु ।”
संविधान जारी भएपछि सञ्चालन गरिएको राष्ट्रिय जागरण अभियानअन्तर्गत करिब एक सयजनाको सो टोली त्यसतर्फ लागेको सङ्गठनका महासचिव नविना लामाले जानकारी दिइन्। टोलीले तीन दिन पूर्ण श्रमदान (स्वयम्सेवा) गर्नेछ ।
भूकम्पलगत्तै नेपाल सरकारको आग्रहमा चिनियाँ सशस्त्र बलले केही समय लगाएर एकतर्फी सवारी साधन चल्न सक्ने गरी खुलाएको सो राजमार्ग खुलेको केही दिनपछि लिपिङ र तातोपानी बजार क्षेत्रमा सुक्खा पहिरोका कारण पुनः अवरुद्ध भएको थियो। बाटो खुलाउन सडक डिभिजन कार्यालय चरीकोट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि क्रियाशील छ

वि.सं.२०७२ असोज १४ बिहीवार १७:२८ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...